१३ चैत, काठमाडौं । अलकायदाका शीर्ष आतंकवादी नेता कारी यासिन अमेरिकी ड्रोन आक्रमणमा मारिएका छन् । पूर्वी अफगानिस्तानमा १९ मार्चमा भएको आक्रमणमा उनी मारिएको पेन्टागनले जनाएको छ ।
यासीनमाथि थुप्रै आतंकवादी हमलाको षडयन्त्र गरेको आरोप छ । यसैगरी दुई अमेरिकी नागरिकको हत्या गरेको अभियोग पनि उनीमाथि रहेको रोयटर्सले जनाएको छ ।इस्लामावादको मेरियट होटलमा २० डिसेम्बर २००८ मा भएको बम विष्फोटमा यासीनलाई जिम्मेवार ठहर्याइएको छ ।
उक्तविष्फोटमाअमेरिकीवायु सेना नौसेनाका दुई जवान मारिएका थिए ।यसैगरी २००९ मा लाहौरमा श्रीलंकाको क्रिकेट टिमलाई बोकेको बसमाथि भएको आक्रमणमा पनि उनको संलग्नता रहेको बताइन्छ । उक्त घटनामा ६ पाकिस्तानी प्रहरी तथा दुई सर्वसाधारणको मृत्यु भएको थियो । हमलामा क्रिकेट टोलीका ६ सदस्यहरु घाइते भएका थिए ।अमेरिकी रक्षामन्त्री जिम मेटिसले भनेका छन्, ‘कारी यासिनको मृत्यु इस्लामलाई बदनाम गर्ने आतंकवादीविरुद्ध कडा कारवाहीको प्रमाण हो ।’निर्दोष व्यक्तिहरुलाई सुनियोजित रुपमा निशाना बनाउने आतंकवादी न्यायको कठघराबाट बच्न नसक्ने उनले बताए । अमेरिकाले विगत चार वर्षदेखि यासीनको खोजी गरिरहेको थियो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि