रोनाल्डोले गरे ७० गोल, अर्को कीर्तिमान तर्फ अघि बढे

2877331_big-lnd
चैत १३ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति हंगेरीसँगको खेलमा दुई गोल गर्दै रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका हुन् । ३–० को जित निकाल्ने क्रममा ३६ औं मिनेट गरेको गोल राष्ट्रिय टिमबाट रोनाल्डोको ६९ तथा ६५ औं मिनेटमा फ्रि किकमार्फत ३० यार्ड परबाट गरेको गोल उनले खेलजीवनमा पोर्चुगलका लागि गरेको ७० औं गोल बन्यो । उनले एक सय ३७ खेलमा ७० औं गोल गरेका हुन् ।योसँगै रोनाल्डो युरोपका देशमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।3EA1BB4D00000578-0-image-a-8_1490477180668

राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने युरोपका खेलाडीको सूचिको शीर्ष स्थानमा हंगेरी र स्पेनबाट ८९ खेलमा ८४ गोल गरेका फेरेन्स पुस्कास रहेका छन् । दोस्रो स्थानमा रहेका हंगेरीका सान्डोर कोसिसले ६८ खेलमा ७५ तथा तेस्रो स्थानमा रहेका जर्मनीका मिरोसलाभ क्लोसले १३७ खेलमा ७१ गोल गरेका छन् । रोनाल्डोले ६२ खेलमा ६८ गोल गरेका वेष्ट जर्मनीका गेर्ड मुलरलाई पछि पार्दै चौथो स्थानमा उक्लिएका हुन् ।

पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डोले रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन् । गएको वर्ष भएको युरोपकको क्रममा हंगेरीसँगको खेलमा रोनाल्डोल दुई गोल नै गरेका थिए । उनको दुई गोलको सहयोगले पोर्चुगलले हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको थियो । विश्वकप छनौट अन्तर्गत पनि रोनाल्डोले हंगेरी विरुद्ध दुई गोल नै गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि