नेपाली फुटबल टोली फिलिपिन्सको यात्रामा निस्कदै

Kamal-Shrestha-Nepal

काठमाडौं – फिलिपिन्सविरुद्ध बुधबार हुने खेलका लागि नेपाली फुटबल टोली आज राती त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन विमानस्थलबाट मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुग्नेछ । नेपाल र फिलिपिन्सबीच बुधबार एएफसी एसियन कप छनोटको समूह चरणको पहिलो खेल हुँदैछ । खेल रिजाल रंगशालामा हुनेछ ।
जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा रहेको २० सदस्यीय टोलीको कप्तान विराज महर्जन रहेका छन् ।

मुख्य प्रशिक्षक कोजीले फिलिपिन्स नेपालभन्दा स्तरीय टोली भएपनि जितका लागि प्रयास गर्ने बताएका छन् । मैत्रीपूर्ण खेल विना फिलिपिन्ससँग खेल्नुपर्दा केही कठिनाई भने पक्कै हुने उनको अनुमान छ । कप्तान विराज महर्जनले सके जित नत्र कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ टोली यात्रामा निस्कन लागेको बताएका छन् ।

कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक एसियन कप छनोट खेल्ने अवसर पाएको हो । झन्डै ५ महिनापछि नेपाली टोली मैदान उत्रने तयारीमा छ । समूह एफमा नेपाल र फिलिपिन्ससहित यमन र ताजकिस्तान रहेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

रक्षक– डिफेन्समा विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की

मिडफिल्ड – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ

फरवार्ड – विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट र कर्ण लिम्बू

प्रशिक्षक टोली – प्रशिक्षक ग्यातोकी कोजी (मुख्य) , राजुकाजी शाक्य (प्रशिक्षक), उज्ज्वल मानन्धर (गोलकिपिङ प्रशिक्षक)

व्यवस्थापक – विराटजंग शाही

चिकित्सक – राजु डंगोल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले