ट्रक दुर्घटना हुँदा घटनास्थलमै १० जनाको मृत्यु

dhaka-accident-story-fb_647_032417120839काठमाडौं, चैत १२— बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान ४ बजे दुर्घटना भएको र मृतक सवैको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।दुर्घटना भएको ट्रकमा सिमेन्ट लोड गरिएको थियो भने, सो घटनामा ज्यान गुमाउने अधिकांश मजदुर रहेका थिए । दुर्घटनाको कारण स्पष्ट भईनसकेको प्रहरीको भनाई छ ।

बङ्गलादेशमा सडक दुर्घटनामा परी वर्षेनी धेरै जनाको मृत्यु हुने गरेको छ । राम्रोसँग मर्मत नगरेका सवारी साधन र ट्रफिक नियमहरुको उलङ्घन दुर्घटनाको मुख्य कारण भएको अधिकारीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक

बेलायतमा टिकटक प्रतिबन्ध

१० चैत,लण्डन। बेलायतको संसदले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो निर्णयसँगै

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

८ चैत,काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

४ चैत,काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि

रुसी लडाकु विमानले खसाल्यो अमेरिकी ड्रोन

१ चैत,काठमाडौं । अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानमा ठोक्किएर ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले