चैत १२ – विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा इजरायललाई ४–१ ले हराएको हो । स्पेनको जितमा डेविड सिल्भा, माचिन पेरेज, डिएगो कोस्टा र इस्काले गोल गरे । इजरालका लिओर रेफाएलोभले एक गोल फर्काए । १३ औं मिनेटमा सिल्भाले गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा पेरेजले गोल गरेपछि स्पेनले २–० को अग्रता लियो । ५१ औं मिनेटमा कोस्टाले गोल गर्दै अग्रता ३–० मा पु¥याए । ७६ औं मिनेटमा इजरायलका रेफाएलोभले गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । ८८ औं मिनेटमा इस्काले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए ।
जितपछि ५ खेलबाट १३ अंक जोडेको स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि