March 24, 2017

नेपालीले चाहेजस्तो विकास होस् : चाङ वानक्वान

चैत ११,काठमाडौं – चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री बालकृष्ण खाणसँगको छुट्टाछुट्टै भेटमा चाङले नेपालमा शान्ति, प्रगति र विकास भएको चीनले देख्न चाहेको पनि स्पष्ट पारेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

‘हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहन्छौँ,’ चिनियाँ रक्षामन्त्री चाङको भनाइ उद्धृत गर्दै रक्षा मन्त्रालयले भन्यो, ‘हामी नेपालीको हित चाहन्छौँ । साथै नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव छ ।’

तीनदिने औपचारिक भ्रमणमा बिहीबार नेपाल आएका चिनियाँ रक्षामन्त्री चाङले दुई देशको सम्बन्ध नङ र मासुजस्तो रहेको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा पनि सम्बन्धले राम्रो प्रभाव पारेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको शान्ति प्रयास, विकास निर्माण र विपत् व्यवस्थापनमा नेपाली सेनाको भूमिका बढाउन आवश्यक सहयोग गर्नेसमेत रक्षामन्त्री चाङले आश्वासन दिएका छन् । नेपाल र नेपाली सेनालाई चीनले दिँदै आएको सहयोगमा निरन्तरता हुने पनि उनको भनाइ छ ।

एक चीनप्रति नेपाल दृढ : प्रधानमन्त्री प्रचण्डले चिनियाँ रक्षामन्त्री चाङसँगको भेटमा एक चीन नीतिप्रति नेपाल दृढ रहेको र तिब्बत तथा ताइवानविरोधी गतिविधिलाई नेपालले सधैँ विरोध गर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनाको साझेदार बन्न नेपाल इच्छुक रहेको धारणा राखेका पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भनाइ थियो, ‘नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहँदै आएको छ र यो रहन्छ ।’ सचिवालयका अनुसार प्रधानमन्त्रीले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति सन्तोष व्यक्त गरेका थिए ।

रक्षामन्त्री जनरल चाङले प्रधानमन्त्रीलई चीन भ्रमणको सफलताको कामनासमेत गरेका छन् । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता र वान बेल्ट वान रोडमा सहभागिताका लागि देखाएको रुचिको सराहना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि