March 22, 2017

अनु र म बाथरुममा सँगै नुहाउँछौं : नीता ढुंगाना

नायिका नीता ढुंगाना खुलेर कुरा गर्न र मनका कुरा निर्धक्क भन्न माहिर छिन् भन्ने कुरा, तपाइले हामीसँग उनले गरेको ‘मस्ती टक’को पुरा भिडियो हेर्दा थाहा पाउनुहुनेछ ।

अनलाइनखबरको रमाइलो टक शो ‘मस्ती टक’मा कुरा गर्दै नीताले आफ्नो व्यक्तिगतदेखि व्यवसायिक कुरा खोलिन् । नीताका अनुसार डेढ बर्ष अगाडिसम्म उनी निकै डराउने गर्थिन् । सानो-सानो कुरामा असफल हुँदा पनि डराउने, रुने उनको बानी थियो । तर, अहिले उनको मनबाट डर हटेको छ । उनी, अहिले निडर बनेकी छिन् ।

नीता र उनका प्रेमी आमेष भण्डारीको केहि समय अगाडि मात्र ब्रेकअप भयो । यसको कारण खोल्दै नीताले भनिन्-‘प्रेम धेरै देखियो भने पनि नटिक्ने रहेछ । हाम्रो पनि धेरै शो भयो । प्रेम, ठिक्क मात्र गरेको खण्डमा टिक्छ भन्ने लाग्यो । हामीले झगडा गरेर अलग हुने निर्णय गरेका होइनौ ।’

नीताले अभिनय गरेको चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नीताले आफू निडर श्रीमतीको भूमिकामा देखिएको बताइन् । सहकर्मी नायक निखिल उप्रेतीलाई नृत्यमा सुधार गर्न उनले सुझाव दिइन् ।

‘मस्ती टक’मा नीताले केहि कलाकारको जोडी समेत कसिदिइन् । तपाइलाई नायिका प्रियंका कार्कीले कोसँग बिहे गर्दा हुन्छ जस्तो लाग्छ भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई त दीपकराज गिरीसँग उहाँको सुहाउँछ जस्तो लाग्छ । छक्का पन्जामा पनि उहाँहरुको जोडी जम्यो ।’

उनले, नायिका अनु शाहसँग आफू बाथरुममा सँगै नुहाउने गरेको समेत खुलाइन् । नीताले भनिन्-‘ठूली भएपछि म अनुसँग बाथरुममा सँगै नुहाएकी छु ।’ उनले विदेश कार्यक्रममा पुग्दा, होटलको मञ्जन, ब्रस, कफिको प्याकेट चोरेको समेत खुलाइन् ।

नीताले ‘मस्ती टक’मा निकै रमाइलो कुराहरु खुलाएकी छिन् । जसका लागि तपाइले पुरा भिडियो हेर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले