एकसय २१ वटा नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

timthumb(3)काठमाडौं, चैत ९ – महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली लाइसेन्स बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । लाइसेन्स बनाउने यातायात कार्यालय धाउने सर्वसाधारणलाई सजिलो बाटोबाट लाइसेन्स बनाउने भन्दै पैसा असुल्दै नक्कली लाइसेन्स बनाउने दुई जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुलीको भद्रकाली–४ का अनिलकुमार पाख्रिन र सिन्धुली भद्रकाली–९ का गणेशकुमार गोले छन् ।

उनीहरुको साथबाट विभिन्न व्यक्तीको नाममा बनाइसकेको नक्कली लाइसेन्स ६ वटाएक सय १५ वटा प्रिन्ट गरेको लाइसेन्स गरी एक सय २१ वटा नक्कली लाइसेन्स, ३० वटा प्रिन्ट गर्न लागेको लाइसेन्स, यातायात कार्यालयको होलोग्राम एक सय १० वटा, कम्युटर, प्रिन्टर, छापलगायतका सामग्री बरामद गरेको छ । बरामद गरेको होलोग्राम सक्कली हुन सक्ने भन्दै यस विषयमा प्रहरीले थप अनुसन्धान थाल्ने बताएको छ ।

एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म लिएर उनीहरुले नक्कली लाइसेन्स बेच्चे गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । विशेष विदेश जाने युवाहरुलाई उनीहरुले लाइसेन्स बेच्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरका निमित्त प्रमुख तथा एसपी अशोक सिंहले जानकारी दिनुभयो ।

उनीहरुले ललितपुरको कार्यविनायक नगरपालिका सिद्धिपार्कमा फ्ल्याट भाडामा लिएर घरमै लाइसेन्स बनाउने गरेको प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

२०५५ सालदेखि लेखापढी गरेका पाख्रिनले ६ महिनाअघि नक्कली लाइसेन्स बनाउन थालेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । उनीहरुलाई सरकारी छाप किर्ते मुद्दा अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत