काठमाडौं । हाँस्य कलाकारबाट निर्देशक बनेकी दीपा श्री निरौला र दीपकराज गिरीको प्रेमको चर्चा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको विवाह कहिले हुन्छ भन्ने प्रश्नहरु पनि मिडियाले पटक पटक गरिरहेको छ । उनीहरुले भने आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् । दीपकसँग नाम जोडीएकी दीपाको अरु कसैसँग अफेयर भएका खबरहरु भने आएका छैनन् ।
प्रेमकै प्रसंगमा हालैमात्र दीपाले एक यु ट्युब च्यानलसँग कुराकानी गर्दै आफ्नो पहिलो प्रेम बारे खुलाएकी छिन् । दीपाको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो रे । उनी भन्छिन्, “विराटनगरमा राम्रो प्रेम थियो तर सफल हुन सकेन । एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला ।”
पहिलो प्रेम सफल नभएपनि पहिलो प्रेमीसँग अहिले पनि कुराकानी हुने गरेको दीपा बताउँछिन् । कुराकानी गर्ने क्रममा पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्ने कुराहरु गर्ने गरेको जानकारी पनि दिईन् । दीपाका प्रेमी पनि सेटल भईसकेका छन् । त्यसको जवाफमा दीपाले भने, अँ मैलै विवाह गरिनै सकेँ मेरो करिअरसँग भन्ने गर्छिन् रे ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले