उत्तर कोरियाले गर्‍यो अत्याधुनिक र उच्च क्षमताको रकेट इन्जिनको परीक्षण

kim-jong-north-koreaएजेन्सी, ६ चैत । उत्तर कोरियाले अत्याधुनिक र उच्च क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ ।

नेता किम जोन उनको प्रत्यक्ष उपस्थितिमा सरकारी सेनाले रकेट इन्जिनको सफल परिक्षण गरेको उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । परीक्षणपछि नेता उनले आफ्नो देशको रकेट उद्योगको नयाँ जन्म भएको र उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा पुगेको दाबी गरेका छन् ।

तर उत्तर कोरियाले दावी गरेको पछिल्लो परीक्षणका बिषयमा अन्तर्राष्ट्रिय समुदायले कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले चीनको भ्रमण गरे लगत्तै उत्तर कोरियाले रकेट परीक्षण गरेको हो ।

संयुक्त राज्य अमेरिका र चीनले उत्तर कोरियाद्वारा सिर्जना गरेको आणविक चुनौती खतरा समाधान गर्न सहकार्य गर्ने बताएलगत्तै उत्तर कोरियाले रकेट इन्जिन परीक्षण गरेर जवाफ दिएको हो ।

वासिङ्टनले उत्तर कोरियाली सुरक्षा चुनौती कम गर्न चीनको भूमिका महत्वपूर्ण हुने बताएको तर चीन यस विषयमा गम्भीर नदेखिएको बताउँदै आएको र चीनले उत्तर कोरियाली युद्धलाई थप तनावग्रस्त बनाउन वासिङ्टनको भूमिका सकारात्मक नरहेको परस्पर विरोधी अभिव्यक्ति आइरहेका बेला अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले पूर्वी एसियाली मुलुक जापान, दक्षिण कोरिया र चीनसँग गरेको भेट र छलफलले उत्तर कोरियाली आणविक कार्यक्रमको चुनौतीलाई मत्थर पार्ने नयाँ प्रयास शुरु गरिएको हो ।

अमेरिकी विदेशमन्त्री टिलरसनले चीनका विदेशमन्त्रीसँग गरेको छलफलपछि भनेका छन्, ‘अमेरिका र चीनले कोरियाली प्रायद्वीपमा देखिएको तनाव ‘उच्च खतरनाक’ अवस्थामा पुगेको भन्ने सवालमा समान धारणा आदानप्रदान भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि