एजेन्सी, ६ चैत । उत्तर कोरियाले अत्याधुनिक र उच्च क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ ।
नेता किम जोन उनको प्रत्यक्ष उपस्थितिमा सरकारी सेनाले रकेट इन्जिनको सफल परिक्षण गरेको उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । परीक्षणपछि नेता उनले आफ्नो देशको रकेट उद्योगको नयाँ जन्म भएको र उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा पुगेको दाबी गरेका छन् ।
तर उत्तर कोरियाले दावी गरेको पछिल्लो परीक्षणका बिषयमा अन्तर्राष्ट्रिय समुदायले कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले चीनको भ्रमण गरे लगत्तै उत्तर कोरियाले रकेट परीक्षण गरेको हो ।
संयुक्त राज्य अमेरिका र चीनले उत्तर कोरियाद्वारा सिर्जना गरेको आणविक चुनौती खतरा समाधान गर्न सहकार्य गर्ने बताएलगत्तै उत्तर कोरियाले रकेट इन्जिन परीक्षण गरेर जवाफ दिएको हो ।
वासिङ्टनले उत्तर कोरियाली सुरक्षा चुनौती कम गर्न चीनको भूमिका महत्वपूर्ण हुने बताएको तर चीन यस विषयमा गम्भीर नदेखिएको बताउँदै आएको र चीनले उत्तर कोरियाली युद्धलाई थप तनावग्रस्त बनाउन वासिङ्टनको भूमिका सकारात्मक नरहेको परस्पर विरोधी अभिव्यक्ति आइरहेका बेला अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले पूर्वी एसियाली मुलुक जापान, दक्षिण कोरिया र चीनसँग गरेको भेट र छलफलले उत्तर कोरियाली आणविक कार्यक्रमको चुनौतीलाई मत्थर पार्ने नयाँ प्रयास शुरु गरिएको हो ।
अमेरिकी विदेशमन्त्री टिलरसनले चीनका विदेशमन्त्रीसँग गरेको छलफलपछि भनेका छन्, ‘अमेरिका र चीनले कोरियाली प्रायद्वीपमा देखिएको तनाव ‘उच्च खतरनाक’ अवस्थामा पुगेको भन्ने सवालमा समान धारणा आदानप्रदान भएको छ ।’
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले