ट्रम्पले मर्केललाई भने–हामी दुवैको फोन ओबामाले ट्याप गरे

3500फोन ट्यापिङ सम्बन्धी राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उहाँले फेरि आरोप लगाउनुभएको हो । ट्रम्पले अमेरिका भ्रमणमा हुनुभएकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङमा परेको बताउनुभएको हो ।

ट्रम्पले मर्केल र आफूमा एउटा समानता रहेको र त्यो ओबामा प्रशासनका बेला दुवै जनाको टेलिफोनमा गैरकानुनी रुपमा निगरानी गरिनु रहेको बताउनुभयो । ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोनमा निगरानी गरेको विषय चर्चामा आएको थियो । त्यसपछि मर्केलले कडा आपत्ति जनाउनुभएको थियो । ट्रम्पले त्यही विषयलाई अहिले उप्काउनु भएको हो ।

तर ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्र्याट सिनेटर तथा नेताले विश्वास गरेका छैनन् । ट्रम्पले भने बारम्बार यस्तो अरोप लगाउँदै आउनुभएको छ तर त्यसको प्रमाण भने दिनुभएको छैन । ट्रम्प र मर्केलबिच नेटो र व्यापार बिस्तारसहितका महत्वपूर्ण विषयमा छलफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक

बेलायतमा टिकटक प्रतिबन्ध

१० चैत,लण्डन। बेलायतको संसदले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो निर्णयसँगै

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

८ चैत,काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

४ चैत,काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि

रुसी लडाकु विमानले खसाल्यो अमेरिकी ड्रोन

१ चैत,काठमाडौं । अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानमा ठोक्किएर ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले