नेपाल सुरक्षित छ भन्दै जापानीले थाले अभियान

maxresdefault-2-750x502चैत ४, २०७३ काठमाडौं  : महाभूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण भएको पहिलो विश्व सम्पदा हो, बौद्धनाथ स्तुप। त्यहीँबाट अब नेपाल सुरक्षित छ भन्ने अभियान थाले, केही जापानीहरूले। नेपाली पत्रकारमाझ ‘मेरी नेपाल’ अर्थात् ‘ह्याप्पी नेपाल’ लेखिएका टिसर्ट र बालबालिकाको हाँसोसहितको तस्विर भएको छातासहित बिहीबार अभियान थालिएको हो ।

भूकम्पपछि असुरक्षित महसुस गदै नेपाल भ्रमणमा आउन हिच्किचाउने विश्वभरका नागरिकलाई लक्षित गरी जापानी नागरिक मिजुतानी कोजीले अभियान सुरु गरेका हुन्। ‘भूकम्पपछि नेपाल भ्रमणमा आउन जोकोही विदेशी नागरिक डराइरहेका छन्।

 उनीहरूलाई नेपाल सुरक्षित छ, नेपाली खुशी छन्। तिमीहरू नेपाल आउनुपर्छ भन्ने सन्देश दिन मेरी नेपाल अभियान थालिएको हो काोजीले भने। नेपाल सुरक्षित छ र नेपाली खुशी छन् भन्ने सन्देश दिई नेपालमा पर्यटक बढाउनु अभियानको मुख्य उद्देश्य हो।

‘हँसिलो मुहार भविष्यको आशा हो, नेपालको भविष्य राम्रोछ, भूकम्पको पीडालाई पराजित गर्दै विकासको बाटोमा लागेका छन् भन्ने मेरो नेपाल अभियानको मुख्य सन्देश हो’ कोजीले भने। यही सन्देश फैलाउन जीसीआई फाउण्डेसनले कार्यक्रमको संयोजन गरेको थियो। कार्यक्रममा ५० पत्रकारले अभियानमा ऐक्यबद्धता जनाएका थिए।

बौद्धनाथ स्तुपबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आयोजित कार्यक्रममा मुस्कानसहितको तस्विर खिचिएको छ। ती तस्विरलाई अमेरिका, युरोपलगायतका ३० मुलुकमा प्रदर्शनी गरी नेपाल भ्रमणको निम्तो दिइने अभियानकर्ता कोजीले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले