माकुराले एक वर्षमा मान्छेले जति नै मासु खाने

95152425_mediaitem95152423-358x300माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ ।
साइन्स अफ नेचरमा प्रकाशित भएको अनुसन्धानका अनुसार माकुराले एक वर्षमा मानिसले उपभोग गर्ने माछा मासु जतिनै किरा फट्याङ्गा खाने गरेको पाइएको छ । मुख्य अनुसन्धानकर्ता डाक्टर मार्टि नेफरले गएको चार दशकमा संकलन गरेको तथ्यांकको आधारमा माकुराले खाने किरा फट्यांग्राको तौलका बारेमा प्रतिवेदन तयार पारेको बताए ।

उनका अनुसार संसारभर रहेको माकुराको तौल २ करोड ५० लाख टन रहेको छ भने यसले वर्षमा ४० देखि ८० करोड टन किरा फट्याङ्ग्रा खान्छन् । यो अनुसन्धानले खाना चक्रमा माकुराको भूमिकाको महत्वबारे जनचेतना जगाउन सहयोग पुग्ने उनले बताए । माकुराले बोटबिरुवा खाने किरा फट्यांग्रालाई खाने हुँदा यसले वनस्पतिलाई जोगाउन पनि सहयोग पुग्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित