March 16, 2017

पूर्वराजदूतलाई जेल, मृतकको परिवारले पाउनुपर्ने रकममा भ्रष्टाचारको आरोप

hamid-ansari-115x114चैत ३,काठमाडौः वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ । पीडितले पाउने तीन लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्सारीलाई सात महिना जेल सजायसहित तीन लाख ९६ हजार ९२० हजार रियल० पीडितलाई क्षतिपूर्ति बापत भराउन र त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको हो । पीडितको पक्षमा मंगलबार उक्त फैसला भएको थियो ।

साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका म्याग्दीका होमबहादुर पुनका परिवारले ‘इन्स्योरेन्स’ बापत पाउनुपर्ने ४७ हजार रियलमध्ये २७ हजार रियलको चेक मात्र पीडितलाई थमाएर अरू रकम आफैंले झिकेर बुझेको अभियोग अन्सारीविरुद्ध थियो । मृतक पुनका आफन्तले पहिलो किस्ताबापत २७ हजार र र दोस्रो किस्ताबापत २० हजार रियल पाउनुपर्ने थियो । साउदीस्थित नेपाली दूतावासमा ट्रान्सलेटर पदमा कार्यरत अहमद वी मुसाले उक्त इन्स्योरेन्स रकम बुझेर अन्सारीलाई दिएको दाबी अख्तियारको थियो ।

अख्तियारको छानबिनबाट अन्सारीले साउदी अरबको रियादस्थित कामदार कार्यरत कम्पनीले दिएको चेक बुझेको निक्र्योलसहित सुरुमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २९ पुस ०७२ सालमा भ्रष्टाचार ठहर गरेपछि त्यसलाई उल्ट्याउन अन्सारी सर्वोच्च पुगेका थिए । सर्वोच्चले पनि राजदूत अन्सारीले दोस्रो किस्ताबापतको रकम आफ्नो नाममा निकालेर मृतकका आफन्तलाई नदिएको ठहर सर्वोच्चले गरेको छ । सर्वोच्चले अन्तिम फैसला सुनाउँदै सुरु अदालतको निर्णय सदर गरेपछि अन्सारीले अनिवार्य रूपमा जेल सजाय भुक्तान गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

८ चैत,काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

४ चैत,काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि

रुसी लडाकु विमानले खसाल्यो अमेरिकी ड्रोन

१ चैत,काठमाडौं । अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानमा ठोक्किएर ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले

बीआरआई सहकार्यलाई अगाडि बढाउन इच्छुक छु : चिनियाँ राष्ट्रपति सी चिनिफिङ

१ चैत,काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनिफिङले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्व दिएको बताएका छन्।

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति

२६ फागुन, काठमाडौं । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले