पाकिस्तानमा १९ वर्षपछि जनगणना शुरु

pakisthanइस्लामाबाद, २ चैत्र । पाकिस्तानमा आजदेखि राष्ट्रिय जनगणना शुरु भएको छ । पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुन लागेको बताए ।
दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ ।
तथ्याङ्क सङ्कलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय तथ्याङ्क निकाल्न सरकारलाई सहयोग गर्न जनगणना प्रमुख बाज्वाले सबै नागरिकहरुलाई आह्वान गरेका छन् ।
यस जनगणनामा अफगानिस्तानी शरणार्थी, पाकिस्तानमा बसोबास गर्ने विदेशी नागरिक तथा कूटनीतिक व्यक्तिहरुको सर्वेक्षण गरिनेछ । साथै पहिलो पटक पाकिस्तानी समलिङ्गी र उभयलिङ्गी व्यक्तिहरुको लगत राख्ने कार्य गर्न लागिएको पनि गणना प्रमुख बाज्वाले बताएका छन् ।
राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशवासीका घर दैलो पुगी घरधुरी एवं परिवार सङ्ख्याजस्ता तथ्याङ्क सङ्कलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ दुईलाख जति सेना परिचालन गरिने पनि जानकारी गराइएको छ ।
पछिल्लो पटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रब्यापी जनगणना भएको र त्यस बखत राष्ट्रको कूल जनसङ्ख्या अठ्ठार करोडको हाराहारी भएको अभिलेख राखिएको थियो ।
सो आंकडामा वृद्धि भई हालको जनसङ्ख्या बीस करोडभन्दा माथि नै पुग्ने तथ्याङ्क विश्लेषकहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि