इस्लामाबाद, २ चैत्र । पाकिस्तानमा आजदेखि राष्ट्रिय जनगणना शुरु भएको छ । पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुन लागेको बताए ।
दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ ।
तथ्याङ्क सङ्कलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय तथ्याङ्क निकाल्न सरकारलाई सहयोग गर्न जनगणना प्रमुख बाज्वाले सबै नागरिकहरुलाई आह्वान गरेका छन् ।
यस जनगणनामा अफगानिस्तानी शरणार्थी, पाकिस्तानमा बसोबास गर्ने विदेशी नागरिक तथा कूटनीतिक व्यक्तिहरुको सर्वेक्षण गरिनेछ । साथै पहिलो पटक पाकिस्तानी समलिङ्गी र उभयलिङ्गी व्यक्तिहरुको लगत राख्ने कार्य गर्न लागिएको पनि गणना प्रमुख बाज्वाले बताएका छन् ।
राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशवासीका घर दैलो पुगी घरधुरी एवं परिवार सङ्ख्याजस्ता तथ्याङ्क सङ्कलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ दुईलाख जति सेना परिचालन गरिने पनि जानकारी गराइएको छ ।
पछिल्लो पटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रब्यापी जनगणना भएको र त्यस बखत राष्ट्रको कूल जनसङ्ख्या अठ्ठार करोडको हाराहारी भएको अभिलेख राखिएको थियो ।
सो आंकडामा वृद्धि भई हालको जनसङ्ख्या बीस करोडभन्दा माथि नै पुग्ने तथ्याङ्क विश्लेषकहरुको अनुमान छ ।
१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक
१० चैत,लण्डन। बेलायतको संसदले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो निर्णयसँगै
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
८ चैत,काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ
४ चैत,काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि
१ चैत,काठमाडौं । अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानमा ठोक्किएर ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले