चैत १, २०७३ काठमाडौं स् स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा पठाउन नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रलयसँग माग गरेकोमा सामान्य प्रशासन मन्त्रालयले सोमबारै ३ सय बढी अधिकृतको व्यवस्थापन मिलाएको छ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा पठाउने गरी २ सय ७० जना शाखा अधिकृत र ६० उपसचिवको व्यवस्थापन भइसकेको बताए।
‘उहाँहरुलाई पत्र दिने काम भइरहेको छ,’ उनले भने, ‘बाँकी कर्मचारी पनि साताभित्रै व्यवस्थापन भइसक्नेछ।’ स्थानीय तहलाई खटाइएका सबै शाखा अधिकृत नयाँ लिइएका कर्मचारी हुन्। लोकसेवा उत्तीर्ण भएर स्टाफ कलेजमा तालिमरत २ सय ७० जनालाई सामान्य प्रशासन मन्त्रालयले पठाउने निर्णय लिएको हो।
६ महिने तालिममा रहेका उनीहरु ३ महिना तालिमपछि विभिन्न जिल्ला र निकायमा काम सिक्दै थिए। अब मात्रै उनीहरुलाई जिम्मेवारीमा खटाइन लागेको हो।थाहा खबर बाट
४ चैत,मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष बागदल अधिकारी बैठकमै
काठमाडौं, भदौ १ ७ गते । गठबन्धन सरकारले दशैको मुखमा नेपाली जनतालाई मार पार्ने गरि फेरी
साउन १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी
असार १४,काठमाडौं । एकीकृत समाजवादीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय परिषद भेला भइरहेको छ । हिजोबाट
काठमाडौँ, २७ फागुन । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ
प्रकाशित मिति: आइतबार, फाल्गुण ०८, २०७८,काठमाडौं / सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले