March 13, 2017

आजबाट भक्तपुरमा नयाँ स्मार्ट लाइसेन्स वितरण प्रक्रिया सुरु

भक्तपुर, फागुन ३० – यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले सोमबारबाट नयाँ स्मार्ट लाइसेन्स अर्थात सवारी चालक प्रवेशपत्र वितरणको दरखास्त लिन सुरु गरेको छ ।
गएको माघ दुई गतेबाट कार्यालय संचालन गरेर सेवा सुरु गरी सवारी चालक अनुमति पत्रको नवीकरणको काम गर्दै आएको कार्यालयले सोमबारबाट भने स्मार्ट लाइसेन्स वितरणको कार्य सुरु गरेको हो ।
कार्यालय प्रमुख अनोज घिमिरेले भन्नुभयो, ‘सवारी लाइसेन्सका लागि उपयुक्त ट्रायल सेन्टर नपाएपछि नवीकरणको काम मात्रै गर्दै आएका थियौँ, आजबाट दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको नयाँ लाइसेन्स वितरण कार्य सुरु गरेका छौँ ।’
सोमबारबाट नयाँ लाइसेन्सका लागि दरखास्त लिन सुरु गरेको बताउँदै उहाँले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा संचालन गर्ने शनिबार ट्रायल परीक्षा संचालन गर्ने भएको जानकारी दिनुभएको छ ।
सर्वोच्च अदालतले जनताबाट प्रत्यक्ष कर उठाउन पाउने गरी अन्तरिम आदेश जारी गर्दै निजी ट्रायल सेन्टरमा कार्यालयले ट्रायल लिन नपाउने भएपछि कार्यालयले ट्रायल परीक्षा भने काठमाडौंमा नै संचालन गर्ने भएको छ ।
घिमिरेले भन्नुभयो, ‘तत्कालका लागि यातायात अनुमती पत्रको प्रयोगात्मक अर्थात ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यबस्था विभागको आफ्नै ट्रायल सेन्टरमा र चार पाङ्ग्रेका लागि नेशनल ट्रेडिङ पुतली सडकको ट्रायल सेन्टरमा ट्रायल दिनेगरी व्यबस्था गरेका छौँ ।’
नयाँ स्मार्ट लाईसेन्स वितरण देशैभरीका नागरिकले सेवा लिन पाउने भएपनि तत्कालका लागि लाईसन्स नवीकरणमा भने काठमाडौं उपत्यकाका नागरिकका लागि मात्र सेवा दिने व्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित