फागुन २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्यले मुद्दा दायर गरेका छन् ।
ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नुभएको हो । राष्ट्रपतिको यो आदेश विरुद्ध सबैभन्दा पहिले हवाई राज्यले संघीय अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि मिनेसोटा, ओरिगन र मासाचुसेट्टस राज्यले पनि यात्रा प्रतिबन्धसम्बन्धी ट्रम्पको कार्यकारी आदेश विरुद्ध मुद्दा दायर गरेका हुन् । ट्रम्पको पछिल्लो आदेश यही मार्च १६ देखि लागु हुनेछ ।यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गएको जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गर्नुभएको थियो । तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गर्नुभएको हो । पछिल्लो ओदश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको छ ।
वासिङटन राज्यले पनि ट्रम्पको ओदश विरुद्ध मुद्दा दायर गरेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । वासिङटन राज्यले संघीय अदालतका न्यायाधीशसँग ट्रम्पको ओदश निलम्बित गर्न आग्रह गर्ने सिएनएनले उल्लेख गरेको छ । न्युयोर्क राज्यले पनि यस विरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकामा सुरक्षा खतरा बढ्ने भएकाले ६ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको ट्रम्प प्रशासनको भनाई छ । ह्वाइट हाउस प्रशासन पछिल्लो कार्यकारी आदेश सम्बन्धी मुद्दामा आफ्नो पक्षमा फैसला हुनेमा ठुक्क रहेको छ । ट्रम्पको आदेशमा सबै शरणार्थीमाथि ३ महिना अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने कुरा पनि उल्लेख छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित