सिरियामा बमबारी दुईको मृत्यु

रसियाले सो इलाकामा हवाई आक्रमण बन्द गर्ने घोषणा गरेको २४ घण्टा पनि नपुग्दै सो आक्रमण भएको बताइएको छ ।

डुउमास्थित भएको यस हवाई आक्रमणमा परी एक युवक र महिलाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देलले बताएका छन् ।

आर्बिन सरहमा भएको अर्को हवाई आक्रमणमा परी कम्तीमा २४ व्यक्तिको घाइते भएका छन् ।

यी हवाई आक्रमणहरू मङ्गलबार अपराह्नमा गरिएको युद्धविरामपछि पहिलो पटक भएको रहमानले बताएका छन्. ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) हाबी हुँदै गए ।

यस आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी यस द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँले आफ्नो घर छोडी देशभित्र र विदेशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि