सिरियामा बमबारी दुईको मृत्यु

रसियाले सो इलाकामा हवाई आक्रमण बन्द गर्ने घोषणा गरेको २४ घण्टा पनि नपुग्दै सो आक्रमण भएको बताइएको छ ।

डुउमास्थित भएको यस हवाई आक्रमणमा परी एक युवक र महिलाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देलले बताएका छन् ।

आर्बिन सरहमा भएको अर्को हवाई आक्रमणमा परी कम्तीमा २४ व्यक्तिको घाइते भएका छन् ।

यी हवाई आक्रमणहरू मङ्गलबार अपराह्नमा गरिएको युद्धविरामपछि पहिलो पटक भएको रहमानले बताएका छन्. ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) हाबी हुँदै गए ।

यस आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी यस द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँले आफ्नो घर छोडी देशभित्र र विदेशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक

बेलायतमा टिकटक प्रतिबन्ध

१० चैत,लण्डन। बेलायतको संसदले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो निर्णयसँगै

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

८ चैत,काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

४ चैत,काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि

रुसी लडाकु विमानले खसाल्यो अमेरिकी ड्रोन

१ चैत,काठमाडौं । अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानमा ठोक्किएर ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले