कोरियन भाषाको फर्म अब अनलाइनबाटै भर्न सकिने 

gwangan_bridge_busan_south_korea-the_city_landscape_photography_wallpaper_1920x14401दक्षिण कोरियाले यसपटक सबैभन्दा बढी कामदार लैजाने भएको छ । ईपिएस शाखाका अनुसार यो बर्ष १० हजार २ सय परीक्षार्थी उत्तिर्ण गराई अर्कोबर्षदेखि कोरिया लैजान सुरु गरिनेछ ।

उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपालीलाई कोरियाले अर्कोबर्ष कामदारका रुपमा लैजानेछ यसपटक कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फर्म भर्न सकिने व्यवस्था मिलाईएको छ भने चैत ९ गते देखि १८ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै, २०७४ सालको जेठ २७ र २८ गते भाषा परीक्षा हुनेछ ।

यसरी भरौं अनलाईन फर्मः
भाषा परीक्षामा सहभागि हुनका लागि ईपिएस शाखाको वेवसाईट eoers.epsnepal.gov.np मा जानुपर्नेछ । तर अनलाइन आवेदन दिनुभन्दा पहिले नै ग्लोबल आईएमई बैंकका तोकिएका शाखाहरुमा परीक्षा दस्तुर २४ डलर तिर्नुपर्नेछ ।

फर्म भर्नका लागि बैंकमा जम्मा गरेको रकमको भौचर नम्बर आवश्यक पर्छ । यो वेवसाईटमा गईसकेपछि खुल्ने पेजमा आफ्नो भौचर नम्बर र पासपोर्ट नम्बर थिचेर नेक्स्ट बटनमा क्लिक गरी आवश्यक सबै विवरणहरु गल्ती नहुनेगरी भर्नुपर्नेछ । सबै विवरण भरिसकेपछि पासपोर्ट स्क्यान गरी जेपिजि फाईलमा सेभ गरेर अट्चाय गरी विवरण सबमिट् गर्नुपर्नेछ ।पासपोर्ट साईजको फोटो पनि अट्याच गर्नुपर्नेछ । यति गरिसकेपछि आगामी जेठमा हुने भाषा परीक्षामा सहभागि हुन पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक