धेरै नेपालीहरुले विदेश जाने सोच बनाउने कारण आर्थिक स्थिति नै हो । तर वैदेशिक रोजगारीले सबैको आर्थिक संकट हटाउँदैन । केहीका लागि राम्रो भएपनि धेरैका लागि समस्या पनि भएको छ वैदेशिक रोजगारी । मेरो लागि पनि त्यस्तै भयो । म पनि २२ महिनाअघि नेपाल आउँदा त्यस्तै धेरै सपना थियो । विदेश जाने सपनाले विदेशमा हुने जोखिमका बारेमा धेरै सोच्दै सोचिएन । विदेशमा पनि खास गरी मलेसियामा नेपालीलाई समस्या र चुनौती धेरै रहेछन् ।
नेपालबाट मसहित चारजना आएका थियौं । हामी सबै फरक फरक ठाउँमा परेका थियौं । हामी चार जनामध्ये एक जना साथी बिरामी भएर १४ महिना पनि नपुग्दै नेपाल फर्कियो । म पनि नेपालीमाथि हुने आक्रमणबाट जोगिँदै दिन बिताउँदैछु । एक त नेपालीलाई मलेसियामा भाषाको समस्या अनि त्यही कारणले आक्रमण पनि धेरै भइरहेका छन् । उनीहरुले के भनिरहेका छन् नेपालीहरुलाई बुझ्न समस्या छ । अनि नेपाली सोझो हुँदा त्यसको फाइदा उठाएर लुटपाट पनि भइरहेको छ । अहिलेसम्म मेरै आँखा अगाडि दुई पटक नेपालीहरु लुटिए । त्यसैले नेपालीका लागि मलेसिया गाह्रो छ जस्तो लाग्छ ।
म इक्लेक्ट्रिक कम्पनीमा काम गर्दैछु । म बस्ने ठाउँबाट कम्पनीसम्म साइकलमा जान्छु तर एकदमै सावधानी अपनाएर । नगद पैसा र मोबाइल म आफूसँग बोक्दिन । अब यसरी बस्नुपर्ने दिन दुई महिना मात्रै छ । दुई महिनामा नेपाल फर्किएपछि त विदेशको सपना कहिल्यै देख्दिन । नेपालमै केही गर्ने सोच बनाएको छु । अनि मलेसिया आउने तयारी गरिरहेका नेपालीहरुलाई पनि मलेसिया आउँदै हुनुहुन्छ भने धेरै सोच्न अनुरोध गर्दछु ।
११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति
१० चैत,काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। नेकपा (एमाले) बागमती
१०चैत,धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आन्दोलन जारी राखेकै बेला
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
८ चैत,मोरङ । जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्त आतंक बन्द गर्न संघीयता