
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई तुरुन्तै बुझ्न कठिन हुने बताएका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको उल्लेख गरे।
“नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो। ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन। म पनि उहाँलाई अझै अध्ययन गरिरहेकै छु,” भट्टले भने।उनका अनुसार ओलीको विचार र रणनीति बुझ्न अध्ययन र अनुसन्धान आवश्यक पर्छ। “उहाँले कहिले के कदम चाल्नु हुन्छ, त्यो हामी अनुमान गर्न सक्दैनौं। तर कदम चालिसकेपछि मात्रै त्यसको गहिरो अर्थ थाहा हुन्छ,” उनले भने।
नेकपाकालको अन्तरसंघर्षमा ओलीविरुद्ध कारबाही भइसकेपछि पनि आफूले पार्टी बन्छ भन्ने दृढ विश्वासका साथ ओलीलाई साथ दिएको उनले स्पष्ट पारे। भट्टले ओलीको सोचलाई विशाल र दूरदर्शी भन्दै भने, “उहाँ महाकाली किनारबाट मेची किनारसम्म देख्न सक्नुहुन्छ। म नारायणीसम्म मात्र देख्न सक्छु भने कसैले चिसापानीसम्म मात्र। त्यसैले उहाँको दृष्टि र निर्णय बुझ्न समय लाग्छ।” हाल सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियानमा रहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न आग्रह गरेका छन्।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट