गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”


फागुन ८, काठमाडौं ।

गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै आक्रोश व्यक्त गरेर मात्र सडक निर्माण समयमा सम्पन्न नहुने बताएका छन्। राष्ट्रिय सभागृहमा बिहीबार आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै थापाले सडक निर्माण ढिलाइका विषयमा कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरे।

उनले भने, “सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु, घोक्राइदिन्छु भनेर कोही बोलेको मैले सुनेको थिएँ। तर कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउन ४१ वटा कानुन संशोधन गरेर प्रणाली बदल्नुपर्छ।” यसअघि बुधबार धनगढीमा आयोजित सभामा शाहले समयमै सडक निर्माण नभए कडा कदम चाल्नुपर्ने अभिव्यक्ति दिएका थिए। उनले २ वर्षमा सम्पन्न हुनुपर्ने सडक २० वर्षसम्म नबन्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै “रूखमा बाँधेर, बाटोमा सुताएर वा खोरमा जाकेर भए पनि सडक बन्नुपर्छ” भन्ने धारणा सार्वजनिक गरेका थिए।

शाहले विपन्न वर्गका लागि शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको पनि बताएका थिए।

थापाले सोही अभिव्यक्तिप्रति संकेत गर्दै सडक निर्माणको समस्या समाधानका लागि कानुनी सुधार, नीतिगत स्पष्टता र प्रशासनिक क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा