गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”


फागुन ८, काठमाडौं ।

गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै आक्रोश व्यक्त गरेर मात्र सडक निर्माण समयमा सम्पन्न नहुने बताएका छन्। राष्ट्रिय सभागृहमा बिहीबार आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै थापाले सडक निर्माण ढिलाइका विषयमा कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरे।

उनले भने, “सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु, घोक्राइदिन्छु भनेर कोही बोलेको मैले सुनेको थिएँ। तर कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउन ४१ वटा कानुन संशोधन गरेर प्रणाली बदल्नुपर्छ।” यसअघि बुधबार धनगढीमा आयोजित सभामा शाहले समयमै सडक निर्माण नभए कडा कदम चाल्नुपर्ने अभिव्यक्ति दिएका थिए। उनले २ वर्षमा सम्पन्न हुनुपर्ने सडक २० वर्षसम्म नबन्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै “रूखमा बाँधेर, बाटोमा सुताएर वा खोरमा जाकेर भए पनि सडक बन्नुपर्छ” भन्ने धारणा सार्वजनिक गरेका थिए।

शाहले विपन्न वर्गका लागि शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको पनि बताएका थिए।

थापाले सोही अभिव्यक्तिप्रति संकेत गर्दै सडक निर्माणको समस्या समाधानका लागि कानुनी सुधार, नीतिगत स्पष्टता र प्रशासनिक क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको न्यायपालिकाको डिजिटल सेवा र अन्तर्राष्ट्रिय मापदण्ड: प्रगति, चुनौती र भावी दिशा

८ कार्तिक २०८३ नेपालको न्यायप्रणाली परम्परागत रूपमा कागजी कार्यविधि, भौतिक उपस्थिति र प्रशासनिक ढिलासुस्तीबाट गुज्रिँदै

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज