काठमाडौं, १९ फागुन — भारतीय सरकारले मन्जीवसिंह पुरीलाई नेपालको राजदूतमा नियुक्त गर्ने गरी नेपाललाई प्रस्तावपत्र पठाएको छ । नेपालले भारतको प्रस्तावलाई अनुमोदन गरेपछि उनी नेपालको राजदूतको रूपमा नियुक्त हुन्छन् ।पुरी यसभन्दा अघि भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत थिए । रणजीत राय आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर बुधवार दिल्ली फर्किन लाग्दै गर्दा पुरी राजदूतमा नियुक्त भएका हुन् ।
पुरीले त्यसभन्दा अघि संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका थिए । उनले सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा काम शुरु गरेका थिए ।
उनले सन् २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघको प्रतिनिधि बनेर काम गरेका थिए । उनी सन् २०११ देखि २०१३ सम्म भारतीय सुरक्षा परिषद्को सदस्य समेत थिए ।
पुरी दिगो विकास र वातावरण संरक्षणका सम्बन्धमा भारतीय प्रतिनिधिमण्डलका संयोजक समेत थिए । रियो द जेनेरियोमा सन् २०१२ मा भएको संयुक्त राष्ट्रसंघको सो सम्मेलनमा उनी टोली नेता थिए ।
सन् २००९ मा उनी जलवायु परिवर्तनसम्बन्धी आर्थिक फोरम तथा सम्मेलनमा पनि भारतको तर्फबाट प्रतिनिधि थिए । उनले एसिया प्यासिफिक क्षेत्रका देशहरूको विकास तथा जलवायुसम्बन्धी भारतको प्रसिद्ध संस्था इनर्जी एन्ड रिसोर्सेस नामक संस्थामा पनि सल्लाहकारको भूमिकामा काम गरेका थिए ।
सन् २००५ देखि २००९ सम्म उनी भारतीय परराष्ट्र मन्त्रालय अन्तर्गतको संयुक्त राष्ट्रसंघीय इकाइको प्रमुख भएर समेत काम गरेका थिए । उनले विश्वव्यापी आर्थिक तथा विकासका क्षेत्रमा काम गरेका छन् ।
वातावरण संरक्षण, दिगो विकास, मानवअधिकार, बसाइसराइ तथा अन्य मानव सरोकारका विषयमा समेत उनी जानकार छन् ।
उनी २००५ मा भएको जि८—जि५ सम्मेलनमा पनि भारतीय प्रतिनिधिमण्डलमा थिए भने बसाइसराइ र विकास नामक विश्व सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
उनले परराष्ट्र मन्त्रालयमा सेवा गरिरहँदा दुईपटकसम्म जर्मनीमा बसेर समेत काम गरेका थिए । उनले जर्मनीमा भारतीय परम्परासम्बन्धी निकाय स्थापनामा समेत भूमिका निर्वाह गरेका थिए । उनले त्यसबेला जर्मनीमा भारतीय संस्कृतिसम्बन्धी संस्थामा काम गरेका थिए ।
उनले भारतीय परराष्ट्र मन्त्रालयको तर्फबाट थाइल्यान्ड, भेनेजुएला, दक्षिण अफ्रिका, ओमान लगायतका देशमा समेत काम गरेका छन् ।
पुरी सन् १९५९ मा जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । सरकारी सेवा शुरु गर्नुभन्दा अघि उनले हिन्दुस्तान युनिलिभरमा काम गरेका थिए ।
उनलाई भारतको दिल्ली विश्वविद्यालयले मानार्थ बिएको उपाधी दिएको छ । उनले नम्रता पुरीसँग विवाह गरेका छन् भने उनीहरूका दुई सन्तान छन् ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center
काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय