काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा त्यहाँका धेरै प्रशारण माध्यम तथा अखवार सम्वाददातालाई अनौपचारिक पत्रकार सम्मेलनमा भाग लिन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
बीबीसी, सीएनएन, न्यु योर्क टाइम्स लगायतका मिडियाका संवाददातालाई ह्वाइट हाउसमा प्रवक्ता सिन स्पाइसरको पत्रकार अन्तरक्रियामा भाग लिन रोक लगाइएको छ ।
तर किन रोक लगाइएको भन्नेबारे कुनै आधिकारिक कारण भने दिइएको छैन ।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको आलोचना गरेका कारण रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ ।
यो घटना राष्ट्रपति ट्रम्पले मेरिल्याण्डमा आयोजित एक कार्यक्रममा मिडियाविरुद्ध कडा आक्रमण गर्दै ‘फेक न्युज’ अमेरिकी जनताको शत्रु भएको बताएको केहि घण्टापछि भएको हो ।
यसअघि पनि सीएनएन तथा न्यु योर्क टाइम्सलाई मात्र ट्रम्पले आक्रमण गरेका थिए ।
हालै ट्रम्पका सहयोगीहरुले गुपचुप रुपमा रसियाका अधिकारीहरुसँग सम्पर्क गरेको बारेको रिपोर्ट प्रकाशित गरेपछि ट्रम्प रिसाएका थिए ।
शुक्रबारको ट्रम्पको सम्बोधन लगत्तै स्पाइसरले आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा फक्स न्युज, एबीसी न्युज, रोयटर्स, ब्रिटबाट न्युज र दि वासिङटन पोस्टलाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो ।
सीएनएन बाहेक, पोलिटिको, बजफिडलाई पनि प्रवेश रोकिएको थियो ।
ह्वाइट हाउसको अपमानजनक व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रवेश दिइएका दि एसोसिएटेड प्रेस, यूएसए टुडे, टाइम्स म्यागेजिनले भने पत्रकार सम्मेलन बहिस्कार गरका थिए ।
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल
१८ वैशाख,काठमाडौं। आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न