ट्रम्प मिडियाप्रति आक्रामक, ह्वाइट हाउसको पत्रकार सम्मेलनमा बीबीसी, सीएनएन, न्यु योर्क टाइम्सलाई प्रतिबन्ध

156060714916976945_10206445608537730_1580947596_nकाठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा त्यहाँका धेरै प्रशारण माध्यम तथा अखवार सम्वाददातालाई अनौपचारिक पत्रकार सम्मेलनमा  भाग लिन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
बीबीसी, सीएनएन, न्यु योर्क टाइम्स लगायतका मिडियाका संवाददातालाई ह्वाइट हाउसमा  प्रवक्ता सिन स्पाइसरको पत्रकार अन्तरक्रियामा भाग लिन रोक लगाइएको छ ।
तर किन रोक लगाइएको भन्नेबारे कुनै आधिकारिक कारण भने दिइएको छैन ।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको आलोचना गरेका कारण रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ ।
यो घटना राष्ट्रपति ट्रम्पले मेरिल्याण्डमा आयोजित एक कार्यक्रममा मिडियाविरुद्ध कडा आक्रमण गर्दै ‘फेक न्युज’ अमेरिकी जनताको शत्रु भएको बताएको केहि घण्टापछि भएको हो ।
यसअघि पनि सीएनएन तथा न्यु योर्क टाइम्सलाई मात्र ट्रम्पले  आक्रमण गरेका थिए ।
हालै ट्रम्पका सहयोगीहरुले गुपचुप रुपमा रसियाका अधिकारीहरुसँग सम्पर्क गरेको बारेको रिपोर्ट प्रकाशित गरेपछि ट्रम्प रिसाएका थिए ।
शुक्रबारको ट्रम्पको सम्बोधन लगत्तै स्पाइसरले आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा फक्स न्युज, एबीसी न्युज, रोयटर्स, ब्रिटबाट न्युज र दि वासिङटन पोस्टलाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो ।
सीएनएन बाहेक, पोलिटिको, बजफिडलाई पनि प्रवेश रोकिएको थियो ।
ह्वाइट हाउसको अपमानजनक व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रवेश दिइएका दि एसोसिएटेड प्रेस, यूएसए टुडे, टाइम्स म्यागेजिनले भने पत्रकार सम्मेलन बहिस्कार गरका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि