१९ बर्ष पछि स्थानीय निकायको चुनाव तिर देश

Capture-74काठमाडौं—सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो।

‘सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ’, स्वास्थ्यमन्त्री गगनकुमार थापाले नागरिकन्युजसँग भने।

०४६ सालको परिवर्तन यता नेपालमा दुई वटा मात्र स्थानीय निकायको निर्वाचन हुन सके। पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो। करिब १० वर्ष माओवादी सशस्त्र युद्धका कारण निर्वाचन गर्न स्थिति कठिन रह्यो। माओवादी शान्ति प्रक्रियामा आएको एक दशकपछि स्थानीय निर्वाचन घोषणा भएको हो।

‘सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ’, स्वास्थ्यमन्त्री गगनकुमार थापाले भने।

नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत तथा गाविसमा सचिवलाई सबै जिम्मेवारी दिइएको थियो। सरकारी कर्मचारीलाई मुख्य जिम्मेवारी दिइए पनि ठेक्कापट्टाको कमिसन दलीय संयन्त्रमा रहेका पार्टीहरुलाई भागबण्डा गर्ने परम्परा बसाइएको थियो।

स्थानीय निकाय खाली हुँदा दलका स्थानीय कार्यकर्ताको नियमित आम्दानी बढेपछि केन्द्रमा रहेका कुनै पनि पार्टी चुनाब गर्न तम्सिएनन्। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बखत स्थानीय चुनाब गराउने प्रयास गरेका थिए। सो चुनाबलाई बहिष्कार गरेका मुख्य दलहरु जनआन्दोलन २ पछि सत्तामा पुगे तर निर्वाचन उनीहरुको प्राथमिकता बन्न सकेन।

सोमबार सरकारले निर्वाचन मिति तोक्ने चर्चा आइतबारदेखि नै थियो। सोमबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बस्दा धेरैले चुनाब घोषणा हुने अपेक्षा गरेका थिए। तर सञ्चारमन्त्री सुरेन्द्र कार्कीले संविधान संशोधनलाई अघि बढाउने मात्र निर्णय भएको जानकारी दिए। त्यसपछि बसेको दोस्रो मन्त्रिपरिषद बैठकले पनि चुनाब मिति घोषणा गर्न सकेन। १४ राजदूतको नाम सिफारिश गर्दै सो बैठक सकियो। त्यसपछि आजै साँझ तेस्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चुनाब मिति घोषणा गरेको हो।

मिति घोषणा अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादब सहित आयोग पदाधिकारीसँग छलफल गरेको थियो। सो छलफलमा आयोग वैशाख ३१ गते निर्वाचन गर्न सक्षम रहेकाले मिति तोक्न भनेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा