‘नलेखिएको इतिहास’ भन्ने आत्मकथाले कारवाही गर्ने भो राधाकृष्ण मैनालीलाई

काठमाडौं । बुधबार शुरु भएको एमाले पोलिटब्यूरो बैठकको शुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र तीन दलका शीर्ष नेताबीच भएको वार्ताका बारेRK-Mainaliमा जानकारी गराएलगत्तै बरिष्ठ नेता माधव नेपालले मैनालीको विषय प्रवेश गराएका थिए । नेकपा एमालेले पार्टी नेतृत्वविरुद्ध नियोजित रुपमा विषाक्त प्रचार गरेको भन्दै केन्द्रीय सदस्य राधाकृष्ण मैनालीमाथि कारवाही गर्ने भएको छ । बुधबारबाट शुरु भएको पोलिटब्यूरो बैठकको प्रारम्भमै मैनालीमाथि कारवाहीको प्रशंग उठेको हो ।

 

मैनालीले हालै सार्वजनिक गरेको ‘नलेखिएको इतिहास’ भन्ने आत्मकथामा व्यक्त गरेका दाबी र आरोपलाई एमालेले खारेज गर्दै उनीमाथि कारवाही गर्ने भएको हो ।नेता नेपालले पार्टीको केन्द्रीय समितिमा रहेका मैनालीले सिंगो पार्टीको बदनाम गर्ने ढंगले हुँदै नभएका कुरा ल्याएर अध्यक्ष ओली र आफूसहित अन्य नेतृत्वमाथि हिलो छ्यापेको बताए । नेपालले मैनालीका आरोपको पार्टीले आधिकारिक रुपमै खण्डन गर्दै उनीमाथि कारवाही गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले  बतायो ।

बुधबारको बैठकमा उपाध्यक्ष बामदेव गौतमले विधिसम्मत ढंगले यो विषयलाई टुंग्याउन सुझाव दिएपछि यसबारे अध्यक्ष ओलीले बोलेका थिए । बैठकमा मैनालीका किताब र अन्तरवार्ताहरुको प्रसंग उप्काउँदै अध्यक्ष ओलीले विषाक्त कुराहरु बाहिर ल्याइएको टिप्पणी गरे । उनले मैनालीमा द्धेष र कुण्ठा विगतदेखि नै रहेको भन्दै अहिले पनि तिनै कुण्ठा र द्वेष पुस्तक तथा अन्तरर्वार्तामा व्यक्त भएको बताए ।

ओलीले बैठकमा भने- ‘उनका अन्तर्वार्ता र पुस्तकका अंशहरु मैले पनि पढेँ, हाम्रा बारेमा जे कुरा भनेका छन्, अधिकांश झूठा छन् । माधव नेपालले च्यासल बैठकमा भारतीय सेना र हतियार ल्याउनुपर्छ भनेको कुरा सरासर गलत हो । खासमा उनीभित्र लामो समयदेखि द्वेष र कुण्ठा थियो, त्यही प्रकट भएको छ ।’

मैनालीले आफूमाथि पुस्तौनी धनका कुरा उठाउने गरेको आरोप लगाएको भन्दै ओलीले त्यसको पनि खण्डन गरे । केपी ओलीले भने- ‘मैनालीहरु हुनेखाने सम्पन्न परिवारकै थिए । म कमजोर परिवारकै हुँ । उनीहरुका चार हल गोरु थिए होलान्, हाम्रोमा २ हल थिए । उनीहरुका मोही थिए, हाम्रा थिएनन् । कुरा यत्ति नै हो ।

मैनालीका बारेमा पोलिटब्यूरो बैठकमै गम्भीर रुपमा कुरा उठेपछि पार्टीले उनका आरोपलाई खारेज गरेर सार्वजनिक रुपमा खण्डन गर्ने निर्णय भएको पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए । उनले भने- ‘नियोजित रुपमा पार्टीका नेताहरु विरुद्ध विषाक्त ढंगले द्वेष पोख्ने काम भएको छ, उहाँका सबै आरोपलाई खारेज गर्ने निर्णय भयो ।’

स्रोतका अनुसार सार्वजनिक रुपमा मैनालीका आरोपको खण्डन गर्ने र विधानअनुसार उनीमाथि कारवाही अघि बढाउने सहमति एमाले नेतृत्वमा भएको छ । उनीमाथि अनुशासन आयोगले स्पष्टीकरण लिने र त्यसपछि अन्य कारवाही अघि बढ्नेछ ।

नेकपा एमालेका संस्थापक नेता मैनाली ०५९ सालमा पार्टी छाडेर तत्कालीन राजाको शाही कदमको समर्थनमा गएका थिए । उनी ०६१ मा ज्ञानेन्द्र शाहको सरकारमा मन्त्री भएका थिए । गणतन्त्र स्थापनापछि माओवादी प्रवेश गरेका मैनाली करीव एक वर्ष अघिमात्र एमालेमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा