February 14, 2017

यी हुन् हिजाब लगाएर बुलेट चलाउने ‘असामान्य’ युवती, देशैभरी चर्चित

एजेन्सी । अन्तर्राष्ट्रिय जगतमा युवा पुस्तामा निकै लोकप्रिय भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस केही वर्षयता नेपाली युवापुस्तामा पनि लोकप्रिय बन्दै गएको छ । हरेक वर्षको फेब्रअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे मनाइने भए पनि त्यसको एक साताअघिदेखि नै उत्सव मनाउने गरिएको छ । लाइट नेपालबाट साभार गरिएको |

इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइनको प्रेम प्रसंगलाई लिएर नै विश्वका विभिन्न मुलुकमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ । विभिन्न ठाउँमा विभिन्न किसिमले प्रणय दिवस मनाउनको चलनकाबीच भारतको एक कलेज अनौठो किमिसले भ्यालेन्टाइन डेको अवसरमा ‘गर्लफ्रेन्ड’ ‘ब्वायफ्रेण्ड’ एउटा रुखको पूजा गर्ने गरिन्छ ।

भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीको हिन्दु कलेजमा एउटा किकरको रुख छ । त्यस रुखलाई विद्यार्थीहरु ‘भर्जिन ट्री’ भन्ने गर्छन् । युवा युवतिहरुका लागि प्रेमको केन्द्र मानिने यो रुखको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)का दिन विशेष पूजा गर्ने गर्दछन् ।

प्रणय दिवसका दिन अर्थात फेब्रुअरी १४ मा यो रुखको पानीले भरिएको रातो बेलुन तथा कण्डमले सजाउने गरिन्छ । रुखलाई सजाउनुका साथै विद्यार्थीहरुले ‘दमदमी माई’को फोटो पनि सजाउने गर्दछन् । कुनै बलिउड नायिकालाई दमदमी माई बनाउँने गर्दछन् । ती नायिकाको फोटो पनि रुखमा सजाउने गर्दछन् ।

पूजा गरेको ६ हप्तामा ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ !

कलेजका विद्यार्थीहरुकाबीच यो पूजाका अनौठो मान्यता छ । भ्यालेन्टाइन डेमा गरिने उक्त पूजाको जो सहभागी भइ प्रसाद लिन्छन्, उसलाई ६ हप्ताभित्र ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ मिल्ने विश्वास विद्यार्थीहरुले गर्ने गरेका छन् ।

यदि कोही भर्जिन छ भने एक वर्षभित्र उसको भर्जिनिटी पनि भंग हुने मन्यता पनि रहेको छ ।

सन् २०१५ को प्रणय दिवसमा मोडल तथा बलिउड नायिका लिसा हेडनलाई ‘दमदमी माई’ बनाएको थियो भने सन् २०१४ मा नायिका दीपिका पादुकोणलाई दमदमी माईको संज्ञा दिइएको थियो ।

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?

इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइन प्रेममा परेका थिए । जेलमै बस्दा जेलरकी छोरीसँग उनको प्रेम बस्यो । प्रेमविरोधी राजाद्वारा स्थापित जेलमै उनले प्रेम साटासाट गरे ।

मृत्युदण्डको सजायसँगै फाँसीको अघिल्लो दिन उनले आफ्नी प्रेमिकालाई भावविह्वल प्रेमपत्र लेखे । त्यसपछि भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । उनलाई फेब्रुअरी १४ का दिन मृत्यु दण्डा दिइएको थियो । खुला प्रेमको चुनौती दिँदै मृत्युवरण गरेका कारण सोही दिन हरेक वर्ष भ्यालेन्टाइन डे मनाउने गरिएको किंवदन्ती छ ।

रोममा राजा क्लाउडियस द्वितीयको शासनकालमा रोमन युवालाई प्रेममा पर्न र विवाह गरेर घरजम गर्न निषेध गरिएको थियो । उनी युद्ध गरेर रोमन साम्राज्य विस्तार गर्ने आफ्नो अभीष्ट पूरा गर्न सैनिक र राज्यका युवालाई प्रेम तथा विवाहबाट टाढा राख्न चाहन्थे । आफ्नी श्रीमती, सन्तान र प्रेमीको प्रेमका कारण युद्धमा जाँदैनन् भन्ने सोच राजाको थियो । उनले रोमका चर्चहरूमा विवाह गराउनेलाई सजाय दिने उर्दी नै जारी गरेका थिए ।

सैनिक र युवालाई जस्तै चर्चका पूजारी भ्यालेन्टाइनलाई यस निर्णयले विचलित तुल्याएको कारण १४ फेब्रुअरीलाई प्रणय दिवसका रुपमा मनाउने चलन चलेको मानिन्छ । श्राेत – खबर डबली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा