बलिउडमा आउँदैछन् सुपरहिट ‘सिरिज मुभी’ दबंगदेखि डनसम्म

344503340bollywoodकाठमाडौं । अक्षय कुमार जे गर्छन् सोचेर बुझेर गर्छन् । ‘जोलीएलएलबी–२’ पनि यस्तै सोचेर गरेको कदम थियो । दर्शकलाई यो चलचित्र मन पर्याे र अब कहिले  एकसय करोड क्लबमा पुग्छ भन्ने पर्खाइ पनि छ । यता ‘जोलीएलएलबी–३’ को योजना पनि सुरु भइसकेको छ । स्क्रिप्टमाथि काम हुँदैछ । जब फक्स स्टार स्टुडियोले चलचित्रमा अरशद वारसीको ठाउँमा अक्षय कुमारलाई साइन गर्यो  तबदेखि नै यो योजना बनेको थियो ।

फिल्मीबिट अनलाइनका अनुसार अक्षय कुमारले यो एउटै मात्र चलचित्रका लागि साइन गरेका होइनन् । ‘जोलीएलएलबी’को टिम एउटा राम्रो चलचित्र सिरिज तयार गर्न चाहान्छ । एक वकिल हुन्छन् र देशका राम्रा मुद्दालाई उठाएर केस लड्छन् ।

पहिलो चलचित्रको मुद्दा थियो, ‘हिट एन्ड रन’ केस । यसै प्रकारले प्रत्येक चलचित्रको समस्या फेरिँदै जान्छ । यही कन्सेप्ट नै अक्षय कुमारलाई सारै मन पर्यो । त्यसैले उनले ‘जोलीएलएलबी’ सिरिजका लागि निकै उत्साह देखाए । भन्ने हो भने, अक्षय कुमार  सिरिज फिल्ममा विस्तारै जान्ने हुँदैछन् । यस्तो अवस्थामा कुनै पनि अचम्मको कुरो हुने छैन । उनको सिरिज बलिउडका राम्रा सिरिज फिल्ममा समावेश हुनेछन् । अहिले आएर उनको यो ‘जोली–३’ को पनि तीव्र गतीमा काम भइरहेको छ ।

धूम सिरिज
बलिउडको सबैभन्दा हिट सिरिज ‘धूम’ हो । चलचित्रका तीनै भाग कमाइको मामिलामा सुपरहिट थिए । अब चौथो सिरिजमा सलमान खान आएपछि के होला ?

गोलमाल
रोहित शेट्टी र अजय देवगनको ‘गोलमाल’ सिरिज पनि कमेडी जनराको उत्कृष्ट चलचित्र हो । अहिले चलचित्रको चौथो भागको तयारी भइरहेको छ ।

कृष
‘कोई मिल गया’ देखि कृषसम्म ऋतिक रोशनको यो सिरिज बलिउडका बेस्ट सुपरहिरो सिरिज हो । सायद यही कारण ऋतिक रोशन बच्चाका लागि पनि फेभरेट छन् ।
रेस
सिरिज रेसका दुवै चलचित्र सुपरहिट थिए । तेस्रो भागका लागि सलमान खान भिलेन बन्ने खबर चर्चामा छ ।

हेट स्टोरी
‘हेट स्टोरी–३’ र २ को सफलताबाट दर्शकलाई यस्तो चलचित्र पनि मन पर्छ भन्ने थाहा भइसकेको छ । यद्यपी यी चलचित्रको बोल्डनेसको कुनै सीमा थिएन ।

डन
शाहरुख खान अभिनित ‘डन’को तेस्रो भाग बन्ने छ । बाँकी दुई भागलाई फ्यानले धेरै मन पराएका थिए । पहिलो चलचित्र अमिताभ बच्चनको ‘डन’को रिमेक थियो ।

हाउसफुल
‘हाउसफुल’ सिरिज चिन्तनशील दर्शकलाई मन नपरेको होस् तर चलचित्रले बक्सअफिसमा कमाइ गरेको थियो । लक्षित दर्शकलाई भने धेरै मन परेको थियो ।

वेलकम
चलचित्रका दुई भाग दर्शकले मन पराएका थिए । दोस्रो भागमा अक्षय कुमारलाई जोन अब्राहमले रिप्लेस गरेका थिए । तर पनि चलचित्रले झन्डै ९९ करोड कमाइ गरेको थियो ।

दबंग
चलचित्रको दुवै भाग सुपरहिट रहेका थिए । अब तेस्रो भागको तयारी भइरहेको छ । यस पटक चुलबुल पान्डेले कस्तो एडभेन्चर दिनेछ ? यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय