काठमाडौं । अक्षय कुमार जे गर्छन् सोचेर बुझेर गर्छन् । ‘जोलीएलएलबी–२’ पनि यस्तै सोचेर गरेको कदम थियो । दर्शकलाई यो चलचित्र मन पर्याे र अब कहिले एकसय करोड क्लबमा पुग्छ भन्ने पर्खाइ पनि छ । यता ‘जोलीएलएलबी–३’ को योजना पनि सुरु भइसकेको छ । स्क्रिप्टमाथि काम हुँदैछ । जब फक्स स्टार स्टुडियोले चलचित्रमा अरशद वारसीको ठाउँमा अक्षय कुमारलाई साइन गर्यो तबदेखि नै यो योजना बनेको थियो ।
फिल्मीबिट अनलाइनका अनुसार अक्षय कुमारले यो एउटै मात्र चलचित्रका लागि साइन गरेका होइनन् । ‘जोलीएलएलबी’को टिम एउटा राम्रो चलचित्र सिरिज तयार गर्न चाहान्छ । एक वकिल हुन्छन् र देशका राम्रा मुद्दालाई उठाएर केस लड्छन् ।
पहिलो चलचित्रको मुद्दा थियो, ‘हिट एन्ड रन’ केस । यसै प्रकारले प्रत्येक चलचित्रको समस्या फेरिँदै जान्छ । यही कन्सेप्ट नै अक्षय कुमारलाई सारै मन पर्यो । त्यसैले उनले ‘जोलीएलएलबी’ सिरिजका लागि निकै उत्साह देखाए । भन्ने हो भने, अक्षय कुमार सिरिज फिल्ममा विस्तारै जान्ने हुँदैछन् । यस्तो अवस्थामा कुनै पनि अचम्मको कुरो हुने छैन । उनको सिरिज बलिउडका राम्रा सिरिज फिल्ममा समावेश हुनेछन् । अहिले आएर उनको यो ‘जोली–३’ को पनि तीव्र गतीमा काम भइरहेको छ ।
धूम सिरिज
बलिउडको सबैभन्दा हिट सिरिज ‘धूम’ हो । चलचित्रका तीनै भाग कमाइको मामिलामा सुपरहिट थिए । अब चौथो सिरिजमा सलमान खान आएपछि के होला ?
गोलमाल
रोहित शेट्टी र अजय देवगनको ‘गोलमाल’ सिरिज पनि कमेडी जनराको उत्कृष्ट चलचित्र हो । अहिले चलचित्रको चौथो भागको तयारी भइरहेको छ ।
कृष
‘कोई मिल गया’ देखि कृषसम्म ऋतिक रोशनको यो सिरिज बलिउडका बेस्ट सुपरहिरो सिरिज हो । सायद यही कारण ऋतिक रोशन बच्चाका लागि पनि फेभरेट छन् ।
रेस
सिरिज रेसका दुवै चलचित्र सुपरहिट थिए । तेस्रो भागका लागि सलमान खान भिलेन बन्ने खबर चर्चामा छ ।
हेट स्टोरी
‘हेट स्टोरी–३’ र २ को सफलताबाट दर्शकलाई यस्तो चलचित्र पनि मन पर्छ भन्ने थाहा भइसकेको छ । यद्यपी यी चलचित्रको बोल्डनेसको कुनै सीमा थिएन ।
डन
शाहरुख खान अभिनित ‘डन’को तेस्रो भाग बन्ने छ । बाँकी दुई भागलाई फ्यानले धेरै मन पराएका थिए । पहिलो चलचित्र अमिताभ बच्चनको ‘डन’को रिमेक थियो ।
हाउसफुल
‘हाउसफुल’ सिरिज चिन्तनशील दर्शकलाई मन नपरेको होस् तर चलचित्रले बक्सअफिसमा कमाइ गरेको थियो । लक्षित दर्शकलाई भने धेरै मन परेको थियो ।
वेलकम
चलचित्रका दुई भाग दर्शकले मन पराएका थिए । दोस्रो भागमा अक्षय कुमारलाई जोन अब्राहमले रिप्लेस गरेका थिए । तर पनि चलचित्रले झन्डै ९९ करोड कमाइ गरेको थियो ।
दबंग
चलचित्रको दुवै भाग सुपरहिट रहेका थिए । अब तेस्रो भागको तयारी भइरहेको छ । यस पटक चुलबुल पान्डेले कस्तो एडभेन्चर दिनेछ ? यो हेर्न बाँकी छ ।
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा