रुकुम । रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३÷०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि दोस्रो किस्ता पाउने समयसम्म पनि लक्षित वर्गले गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेका हुन् । अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ७२ वर्षीय नरबहादुर खत्रीले बताए ।
पटकपटक बैंकमा जाँदा पनि सुरक्षा भत्ता पाउन नसकेको लक्षित वर्गको गुनासो छ । एक महिनासम्म बैंकमा खाता खोल्ने समय लागेको र त्यसपछि मन्त्रालयमा इन्ट्री गर्नुपर्ने भएकाले भत्ता वितरणमा ढिलाइ भएको चौरजहारी नगरपालिकाका कार्यकारी अधिकृत महेशकुमार गुरुङले बताए। अहिले नगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता पाउने एक हजार ६९ जना व्यक्ति रहेको उनले जानकारी दिए ।
बैंकमा पैसा जम्मा भइसकेको र अब केही सामान्य कुरा मिलाएर छिट्टै प्रत्येकको खातामा पैसा जम्मा गरिने कार्यकारी अधिकृत गुरुङले बताए । रासस
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा