ट्रम्पका सल्लाहकारले गरे अदालतको आलोचना

_94277588_mediaitem94277585फागुन २ – अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक सल्लाहकारले संघीय पुनरावेदन अदालतको आलोचना गरेका छन् । ह्वाइट हाउसका उच्च सल्लाहकार स्टीफन मिलरले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्ने पक्षमा फैसला सुनाएको संघीय पुनरावेदन अदालतको आलोचना गरेका छन् ।

पुनरावेदन अदालतको फैसला न्यायीक शक्तिको अपहरण रहेको मिलरले आरोप लगाएका छन् । राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न नसक्ने मिलरको भनाई छ ।

अमेरिकाको संघीय पुनरावेदन अदालले गएको बिहीबार वासिङटनको सिएटल संघीय अदालतले गरेको निर्णयलाई सदर गर्दै राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो । ट्रम्प प्रशासनले सिएटल अदालतको फैसलाको विरोधमा पुनरावेदन अदालतमा अपिल दर्ता गरेको थियो ।_94252526_us_govt_checks_balances_v02_624in

राष्ट्रपति ट्रम्पको ओदश विरुद्ध विभिन्न संघीय अदालतमा मुद्दा दर्ता भएका छन् र अमेरिकासहित विश्वभर प्रदर्शन भएको छ । अदालतको निलम्बन तथा प्रदर्शनका बाबजुद पनि ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको