
काठमाडौं, २९ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २२औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
२२औं जनयुद्ध दिवसको उपलक्ष्यमा उनले जनयुद्धलाई लोकतान्त्रिक आन्दोलनको उच्चतम विन्दूमा पुर्याउन युगान्तकारी भूमिका खेल्ने परिघटनाको रुपमा चित्रित गरेका छन् । ‘ऐतिहासिक जनयुद्धको २२औं वार्षिकोत्सव (फागुन १) को उपलक्ष्यमा सम्पूर्ण महान् सहिद, वेपत्ताजन तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
‘नेपालमा युगौंदेखि कायम रहँदै आएको सामन्ती उत्पीडनकारी राज्यव्यवस्थालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउने क्रममा १९९७ आसपासदेखि चल्दै आएको लोकतान्त्रिक आन्दोलनलाई उच्चतम विन्दूमा पुर्याउन युगान्तकारी भूमिका खेल्ने महान् जनयुद्धलाई नेपाली इतिहासले लामो समयसम्म स्मरण गरिरहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
जनयुद्धको तयारीदेखि नै उक्त माओवादी पार्टीको उच्च नेतृत्वमा रहेकोले उनले जनयुद्धका सबल पक्ष र उपलब्धिहरुसँगै दुर्बल पक्षको पनि जिम्मा लिने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘जनयुद्धको शुरूदेखि अन्त्यसम्म महत्वपूर्ण नेतृत्वदायी अंगमा रहेर काम गरेको एकजना जिम्मेवार अभियन्ताको नाताले जनयुद्धका उपलब्धी र सबल पक्षका साथसाथै यसका कमिकमजोरी र दुर्बल पक्षको पनि आफ्नो हिस्साको जिम्मेवारी लिदैं यस ऐतिहासिक अभियानका क्रममा पर्न गएका दु:खकष्ट र हानिनोक्सानीप्रति सम्वन्धित सबैसंग क्षमायाचना गर्न चाहन्छु ।’
उनले शुकामना सन्देशको अन्त्यमा भनेका छन्, ‘जनयुद्धको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई तीव्र विकास र समृद्धिको दिशामा लैजान नयाँ आधारमा एकताबद्ध बन्न सबैमा हार्दिक अपील गर्दछु ।’ माओवादी धाराका विभिन्न घटकहरुले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएका छन् ।
दोस्रो संविधानसभाबाट संविधान जारी गरेपछि तत्काली एकीकृत नेकपा माओवादीको दोस्रो बरियताको नेता रहेका भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने भन्दै उक्त पार्टी त्याग गरेका थिए । उनले नेपालमा विभिन्न चरणमा सञ्चालित सम्पूर्ण आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै सहिदहरुको सपना पूरा गर्न देशको समृद्धिलाई अर्जुनदृष्टि बनाएर राजनीतिक शक्ति अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।
ऐतिहासिक जनयुद्धको २२ औं वार्षिकोत्सव ( फागुन १ ) को उपलक्ष्यमा सम्पूर्ण महान् शहीद, वेपत्ताजन तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु!
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।