जनयुद्ध दिवसको पूर्वसन्ध्यामा यस्तो छ बाबुरामको सन्देश

Dr.-Baburam-Bhattarai

काठमाडौं, २९ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २२औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
२२औं जनयुद्ध दिवसको उपलक्ष्यमा उनले जनयुद्धलाई लोकतान्त्रिक आन्दोलनको उच्चतम विन्दूमा पुर्याउन युगान्तकारी भूमिका खेल्ने परिघटनाको रुपमा चित्रित गरेका छन् । ‘ऐतिहासिक जनयुद्धको २२औं वार्षिकोत्सव (फागुन १) को उपलक्ष्यमा सम्पूर्ण महान् सहिद, वेपत्ताजन तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

‘नेपालमा युगौंदेखि कायम रहँदै आएको सामन्ती उत्पीडनकारी राज्यव्यवस्थालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याउने क्रममा १९९७ आसपासदेखि चल्दै आएको लोकतान्त्रिक आन्दोलनलाई उच्चतम विन्दूमा पुर्‍याउन युगान्तकारी भूमिका खेल्ने महान् जनयुद्धलाई नेपाली इतिहासले लामो समयसम्म स्मरण गरिरहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

जनयुद्धको तयारीदेखि नै उक्त माओवादी पार्टीको उच्च नेतृत्वमा रहेकोले उनले जनयुद्धका सबल पक्ष र उपलब्धिहरुसँगै दुर्बल पक्षको पनि जिम्मा लिने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘जनयुद्धको शुरूदेखि अन्त्यसम्म महत्वपूर्ण नेतृत्वदायी अंगमा रहेर काम गरेको एकजना जिम्मेवार अभियन्ताको नाताले जनयुद्धका उपलब्धी र सबल पक्षका साथसाथै यसका कमिकमजोरी र दुर्बल पक्षको पनि आफ्नो हिस्साको जिम्मेवारी लिदैं यस ऐतिहासिक अभियानका क्रममा पर्न गएका दु:खकष्ट र हानिनोक्सानीप्रति सम्वन्धित सबैसंग क्षमायाचना गर्न चाहन्छु ।’

उनले शुकामना सन्देशको अन्त्यमा भनेका छन्, ‘जनयुद्धको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई तीव्र विकास र समृद्धिको दिशामा लैजान नयाँ आधारमा एकताबद्ध बन्न सबैमा हार्दिक अपील गर्दछु ।’ माओवादी धाराका विभिन्न घटकहरुले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएका छन् ।

दोस्रो संविधानसभाबाट संविधान जारी गरेपछि तत्काली एकीकृत नेकपा माओवादीको दोस्रो बरियताको नेता रहेका भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने भन्दै उक्त पार्टी त्याग गरेका थिए । उनले नेपालमा विभिन्न चरणमा सञ्चालित सम्पूर्ण आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै सहिदहरुको सपना पूरा गर्न देशको समृद्धिलाई अर्जुनदृष्टि बनाएर राजनीतिक शक्ति अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।

ऐतिहासिक जनयुद्धको २२ औं वार्षिकोत्सव ( फागुन १ ) को उपलक्ष्यमा सम्पूर्ण महान् शहीद, वेपत्ताजन तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज