आजको पत्रिकामा छापिएका समाचारका मुख्य अंशहरु

 1

१ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल दबाव र तनाव भएको समाचारदेखि अनिश्चयबीच दलहरु निर्वाचनको अभियानमा लागेकोसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।2

प्रधानमन्त्री पुष्पकमल दाहाल तनाव र दबावमा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले कालिकोटको कोटवाडामा पहिलोपटक हवाईजहाज पुगेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

 संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ ।

‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोत भन्छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने अवस्थामा सशंकित हुनु अस्वाभाविक होइन ।’

यो खबर आजको नयाँ पत्रिकामा छ ।3

 अन्नपूर्ण पोस्ट् दैनिकमा सुरक्षा विज्ञ समितिले राष्ट्रिय सुरक्षा सचिवालयलाई सुदृढ बनाउन सुझाव दिएको समाचारलाई महत्व दिएको छ ।

सप्तरीस्थित गोबरगाढा गाउँवासीको पीडालाई मुख्य समाचार बनाएको नागरिक दैनिकले भोट खसाल्न जनता आतुर भएको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकको फ्रन्टपेजमा एमाले-मोर्चा नजिकिएको विषयमा विश्लेषणात्मक समाचार छापिएको छ ।

अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको खबर आजको  कान्तिपुरमा  छ।
बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए।
टिभी हेर्ने तथा  पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएकी थिइन् ।  त्यही समय राजकृष्णले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा