हवाई यात्रा गर्दै हुनुहुन्छ भने भुलेर पनि नलगाउनुहोस् यी पाँच पहिरन

 

एजेन्सी । यात्रा गर्नका लागि फ्लाइट आरामदायी र छिटो हुन्छ । सकेसम्म मानिसहरु हवाई यात्रा गर्न रुचाउँछन् । तर यात्राका दौरान मानिसहरुले केहि यस्ता गल्ती गर्छन् जसको अनुभव निकै नराम्रो हुनसक्छ । तपाई कुन पहिरन लगाएर यात्रा गर्नुहुन्छ, त्यसले विशेष महत्व राखेको हुन्छ । आज हामी तपाईलाई यस्ता पाँच पहिरनका बारेमा जानकारी गराउँदैछौं जसले एयरपोर्टमा केही समस्याहरु निम्त्याउन सक्छ ।

स्कर्टScart

विमानस्थलबाट भित्र प्रवेश गर्ने बेला तपाईको सुरक्षा जाँच हुने गर्छ । केहि महिलाहरु स्कर्ट लगाएर यात्रा गर्न मन पराउँछन् । तर  Transportation Security Administration ( TSA ) का अनुसार स्कर्ट लगाएर हवाई यात्रा गर्नु झन्झट हुन्छ । स्कर्ट केही खुकुलो हुने भएकाले यसभित्र बहुमूल्य सामानहरु लुकाएर लैजान सकिन्छ । यस्तो अवस्थामा सुरक्षा जाँच गर्न पनि समय बढी लाग्ने हुन्छ । यदि तपाई पनि यात्रा गर्दा झन्झट ब्यहोर्न चाहनुहुन्न भने स्कर्ट नलगाउनुहोस् ।

बोबी पिंसBobby-Pins

 

यदि तपाई फ्लाइटबाट यात्रा गर्दै हुनुहुन्छ भने बोबी पिन्स कम प्रयोग गर्नुहोस् । खासगरी यी पिनहरु धातुबाट बनेका हुन्छन् । चेकिङका क्रममा मेटल डिटेक्टरले तपाईलाई समस्यामा पार्न सक्छ । जसले तपाईको हेयर स्टाइल पनि बिग्रन सक्छ ।

metal-wire-Braधातु मिश्रित ब्रा

 

केही महिलाहरुलाई यो कुराको जानकारी हुँदैन कि आफूले लगाएको ब्राले एयरपोर्टमा हैरानीको सिकार हुनपर्छ । केही ब्राहरुमा धातुका तारहरु प्रयोग भएका हुन्छन् । यस्तो अवस्थामा सेक्युरिटी गार्डले उनीहरुको लुगा खोल्नुपर्नेसम्म हुनसक्छ । जसले एक त समय बर्बाद हुन्छ भने अर्को आफ्नो बेइज्जत हुन्छ ।

बक्स पाइन्टBox-pant

 

यात्रा गर्नका लागि बक्स पाइन्ट आरामदायी हुन्छ । तर चेकिङका क्रममा यसले तपाईलाई केही समस्याहरु सिर्जना गरिदिन सक्छ । यसमा धेरै गोजीहरु हुने भएकाले जाँच गर्ने व्यक्तिले निकै ध्यानपूर्वक चेकिङ गर्नुपर्छ र समयको पनि बर्बाद हुन्छ ।

धातुका गहना

 

jwelleryबोबी पिंसजस्तै धातुका गहना लगाएर यात्रा गर्दा पनि तपाईले केही समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । केही मानिसहरु यात्रा गर्दा धातुका ब्रासलेट र नेकलेस लगाउने गर्छन् । यसले पनि चेकिङमा समस्या पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,