काठमाडौं –टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरु समेटेर लेखिएको पुस्तक नेपालमै केही गर्न चाहनेहरुका लागि महत्वपूर्ण सामग्री भएको बताए ।
सकारात्मक सोच, नयाँ विचार तथा उद्यमशीलता सम्बन्धी टिप्स समेटेर तयार गरिएको पुस्तकले जो कोहीमा आत्मविश्वास जगाउँने भन्दै उद्यमी कर्ण शाक्य तथा समाजसेवी उत्तम सञ्जेलले सकारात्मक सोचका पुस्तकहरु बजारमा आउँनु खुशीको कुरा रहेको बताउदै यस किसिमको पुस्तक ल्याएकोमा भण्डारीलाई धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै “सम्भव छ” अभियानका व्यवस्थापक डिल्ली तुलाधरले नेपालमा केही हुँदैन, केही गर्न सकिदैन भन्ने मानसिकता समाजमा रहेकाले सकारात्मक अभियानहरुको आवश्यकतमा जोड दिए ।
“नेपालमै सकिन्छ” पुस्तक अघि प्रेरणादायी पुस्तक “सम्भव छ” लेखिसकेका भण्डारीको यो पुस्तकमा उद्यमशीलता सम्बन्धी टीप्स, डिभी÷पिआर छोडेर नेपाल फर्किएका तथा मास्टर्स डिग्री सकेर सानातिना व्यवसाय मार्फत राम्रो आम्दानी गरिरहेका उदाहरणीय व्यक्तिहरुका सन्दर्भ समेटिएको छ । जयकाली प्रकाशनले प्रकाशन गरेको पुस्तकको मूल्य तीन सय रुपैंयाँ रहेको छ । बिमोचन भएसँगै पुस्तक बजारमा गएको भण्डारीले बताए ।
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले