२३ माघ, माठमाडौं । के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ ।
विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । अमेरिकाका नयाँ राट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न भइरहेको छ । ट्रम्पको अहिलेको पहिला अमेरिकी नागरिकलाई प्राथमिकता भन्ने मूल नाराकै कारण अन्य देशका मानिस अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
अमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जाकारी गरएअनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ । उनका अनुसार गएपछि भिसा भएपनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो ।
अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपालीलगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाउ भनेर धम्क्याउने क्रम बढ्न थालेको छ ।
कतिपयले त कोठाको ढोकामा नै तिम्रो देश जाउ भनेर टाँसिएको समेत पाइएको ती नेपाली विद्यार्थीले बताए । यस्तो अवस्थाले गर्दा अमेरिकामा रहेका नेपनली अहिले आतंकित भइरहेका छन् । र उनीहरु अमेरिका छाडेर युरोप जाने मुडमा पुगेका छन् ।
वैशाख ३१, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काङगे्रस निकट पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ
२६ बैशाख, सुर्खेत । कर्णालीका सामुदायिक स्वास्थ्य स्वयम्सेवीहरुको प्रतिनिधित्व गर्दै मर्यादित काम, उचित ज्याला र
मंगलबार, १४ चैत्र २०७९,नेपाल सरकारले आगामी २०८० को वैशाखदेखि लागु हुने गरी अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई
४ चैत,मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष बागदल अधिकारी बैठकमै
काठमाडौं, भदौ १ ७ गते । गठबन्धन सरकारले दशैको मुखमा नेपाली जनतालाई मार पार्ने गरि फेरी
साउन १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी