अल्का अस्पतालका डाक्टर र नर्सको हदैसम्मको लापरवाहिका कारण फेरी ज्यान गयो

काठमाडौं– ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा एक बिरामीको मृत्यु भएको छ ।
सुनसरीको धरानकी ५६ वर्षीया  गंगा राईको मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै दोषीलाई कारबारी र उचित क्षतिपूर्तिको माग गरेका छन् ।alka-4-768x510

कलोजोको रोगी गंगाले २ वर्षयता नियमित अल्कामै चेक जाँच गराउँदै आएकोमा फेरि एकाएक थप समस्या देखिएपछि आफन्तले बुधबार दिउँसो अस्पताल पुर्याएका थिए ।

अस्पतालमा पुर्याउँदासम्म अवस्था त्यति जटिल नभएको मृतकका ज्वाई राजकुमार राईले बताए । अस्पतालले बिरामीलाई आइसियुमा राख्नुपर्ने बताएपछि त्यहाँ पठाइएको तर आइसियुमा लापरबाही गरिएकाले अकालमै आफ्नो सासुको मृत्यु हुन पुगेको उनले* बताए ।
राजकुमारका अनुसार अस्पतालका डाक्टर तुप्चेन लामाको सिफारिसमा गंगालाई आइसियुमा पठाइएको थियो । तर अस्पतालले आइसियुमा डाक्टर त परै जाओस् नर्स समेत नहुँदा आमाको अकालमा मृत्यु हुन पुगेका छोरी पुनमले  रुँदै रातोपाटीलाई बताइन् ।

आफन्तका अनुसार राती एकाएक बिरामीको मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दिएको थियो ।
मृत्यु पश्चात अस्पतालले पीडितलाई उचित क्षतिपूर्ति र दोषी डाक्टरलाई कारबाही गर्ने भनि प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन नसकेपछि घटना बाहिर आएको हो ।
अस्पतालका कलेजो रोग विशेषज्ञ अनन्त श्रेष्ठले तत्काल दोषीलाई कारबाही गर्ने भनि घटनालाई थामथुम पार्ने प्रयास गर्दै शब बुझ्न समेत बाध्य पारेको राजकुमारले बताए । अहिले मृतकको शब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

आफन्तले उचित क्षतिपूर्ति पाउनु पर्ने, दोषी डाक्टरमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेका छन् । उनीहरुले माग पूरा नभए अस्पताल घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् भने मृतकको अन्यष्टि पनि नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’