January 21, 2017

आजको दैनिकिहरुका फ्रन्टपेजः

img_9061

८ माघ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

यसबाहेक, नयाँ पत्रिका दैनिकले विश्वबजारमा नेपाली ब्राण्डबारेको समाचारलाई मुख्य समाचार बनाएको छ ।

राजधानी दैनिकले एक वर्षभित्र तीनवटै निर्वाचन गर्न चुनौती भएको विश्लेषणात्मक समाचारसँगै नेपाली चेली तेरिया फौजा भारतमा नम्बर वान डान्सर भएकी र इन्टरपोलको क्षेत्रीय सम्मेलन सकिएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले उच्च अदालतमा नियुक्त भएका न्यायाधीशप्रति असन्तुष्टि राख्दै महान्यायाधिवक्ता र सरकारी वकिलले अदालत बहिष्कार गरेको र भक्तपुरको जुजु धौ जोगाउनै धौधौ भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले स्थानीय निकाय नेतृत्वविहीन हुँदा मियोबिनाको दाइँजस्तै भएको र बाँकेमा मट्टीतेल छर्किएर पत्नीलाई आगो लगाएको समाचारलाई महत्व दिएको छ ।

कान्तिपुर दैनिकले संविधान कार्यान्वयका लागि नागरिक अभियन्ताहरु जुटेको र क्रिकेट मुख्यालय बेहाल भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले वन्यजन्तु जोगाउन साझा अवधारणा आवश्यक भएको बताएकोसँगै दलका नेताहरुले निर्वाचनको मिति घोषणा गर्न माग गरेको र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनावपछि मात्रै सरकार फेरिने बताएको समाचारलाई प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘फ्रि मधेश’को नारा लाग्दा सरकार किन चुप ?’ शीर्षकको समाचारसँगै बाँकेमा पत्नीलाई जिउँदै आगो लगाएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित