चुरोट र रक्सीपछि चिनीजन्य पेयको बिक्री पनि नियमन गरिने: स्वास्थ्यमन्त्री थापा

 स्वास्थ्य मन्त्रालयले चुरोट र रक्सीजस्तै चिनीजन्य पेयपदार्थको बिक्री पनि नियमन गर्ने भएको छ।timthumb (4)
पोखरामा जारी नेपाल साहित्य महोत्सवको अन्तिम दिन ‘चाँदीको घेरा’ शीर्षक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गगन थापाले उक्त जानकारी दिएका हुन्।
‘मोटोपनाको समस्या समाधान गर्न हामीले सुगरी ड्रिङ्क्स (चिनीजन्य पेय) बेच्न पाउनेमा नियमन सुरु गरिसक्यौं,’ मन्त्री थापाले कार्यक्रममा भने। यसका लागि चिनीजन्य पेयको बिक्री नियमन गर्न कानुन ल्याउने तयारी भइरहेको बताए।
चिनीजन्य पेयका कारण मोटोपना बढेको विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ। विभिन्न देशले यसको उपभोग निरुत्साहित गर्न राजस्व वृद्धि लगायत उपाय अपनाउन थालेका छन्।
नेपालमा भने अहिलेसम्म यस्ता पेयपदार्थको बिक्री नियन्त्रण तथा नियमन गर्ने कानुन छैन। स्वास्थ्य मन्त्रालयले केही दिनअघि तोकिएको ठाउँबाट मात्र चुरोट, खैनीलगायत सूर्तीजन्य वस्तु बिक्री गर्न पाइने नियम लागू गरेको थियो। चिनीजन्य पेयका हकमा पनि कसरी बिक्रीलाई नियमन गर्न सकिन्छ भनी कानुन ल्याउने तयारी भइरहेको स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले सेतोपाटीलाई बताए।
‘सूर्तिजन्य पदार्थको बिक्री तोकिएको ठाउँबाट मात्र गर्न पाइने नियम ल्याएजस्तै चिनीजन्य पेयपदार्थलाई पनि नियमन गर्ने तयारीमा छौं,’ उनले भने, ‘हामीकहाँ त मादक पदार्थ नियमनको पनि छुट्टै कानुन छैन। हामी त्यो पनि बनाउँदै छौं।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध ५०० ल्यापटप खरिद वैध बनाउन थापा पुनः आईएचआईएमएस जाने दौडधुपमा

युनिसेफलाई गैरकानुनी रुपमा ५०० ल्यापटप किनाएर बेवारिसे बनाइएपछि विभाग र युनिसेफमा उच्चअधिकारीहरु तनावमा  २०८०  जेठ,१ 

डुप्लीकेट मह उत्पादन गरी उपभोक्ता ठग्ने गिरोह पक्राउ

बुटवल, १ जेठ । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ

शरणार्थी प्रकरणका अर्का नेपाली काङगे्रस निकट पूर्वसभासद् शेर्पालाई पक्राउ पुर्जी जारी

 वैशाख ३१, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काङगे्रस निकट पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ

नेभा कर्णाली प्रदेशद्धारा ५ बुँदे मागपत्र पेश

२६ बैशाख, सुर्खेत । कर्णालीका सामुदायिक स्वास्थ्य स्वयम्सेवीहरुको प्रतिनिधित्व गर्दै मर्यादित काम, उचित ज्याला र

जिउन पुग्ने पारिश्रमिकको लागि स्वास्थ स्वयंसेवी लड्न तयार

बैशाख २५, सुर्खेत ।जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) सुर्खेतको सोमबार वीरेन्द्रनगर नगरपालिका वडा

भाईरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अस्वस्थ

३ वैशाख,काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्