जासुसी ऐन र राज्यविरुद्धको अपराधमा पनि कारवाही चल्न सक्ने
१७ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्तीमा परेका अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीमाथि विभिन्न ४ वटा अपराधमा मुद्दा चलाउन सकिने संसदको महाअभियोग सिफारिस समितिले निचोड निकालेको छ
व्यवस्थापिका संसद अन्तरगत गठित महाअभियोग सिफारिस समितिमा भएको छलफलमा कार्कीमाथि विभिन्न चार वटा मुद्दाहरुमा कारवाही अगाडि बढाउन सकिने निश्कर्ष निकालिएको हो ।
कार्कीमाथि भ्रष्टाचार निवारण ऐन, राज्यविरुद्धको अपराध सम्बन्धी ऐन, कीर्ते कागजको महल र जासुसी ऐन अनुसार कारवाही गर्न सकिने समितिको ठहर छ ।
लोकमानसिंहलाई अख्तियारबाट पद मुक्त गर्ने सम्बन्धमा अदालतले निर्णय गरिसकेकाले बोलिरहनु नपर्ने महाअभियोग सिफारिस समितिको बुझाइ छ । तर, लोकमानले महाअभियोगका उठाइएका विषयमा उल्लेखित कार्यहरु गरेको ठहर समितिको छ ।
यद्यपि समितिले सिफारिसलाई अन्तिम रुप दिन अझै बाँकी छ । संसदमा लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सो प्रस्तावलाई संसदले अहिले सिफारिस समितिमा पठाएको छ ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले