कोरियामा नयाँ शक्तिप्रति युवाहरुको व्यापक आकर्षण , एकैसाथ ९० जना नयॉं शक्तिमा प्रबेश (नामावलीसहित)

imageपिपुल नेपाल , जापान , हर्क बहादुर ताम्राकार ( एच.बी)
आश्विन ९ । आर्थिक बिकास र समृद्ध नेपाल निर्माणको मुल लक्ष्य लिएर स्थापित नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियामा नयाँ शक्तिप्रती युवाहरुको बिशेष आकर्षण देखिएको छ । गत सेप्टेम्बर १६ अर्थात् छुसकको बिदा पारी आयोजना गरिएको ” आर्थिक बिकाश र समृद्ध नेपाल निर्माणका लागि नयाँ शक्तिको भुमिका” नामक बृहत भेला तथा खुल्ला अन्तरकृया कार्यक्रम को दौरान , कार्यक्रमका प्रमुख अतिथी पुर्बप्रधानमन्त्री एबम नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई को हातबाट एकैसाथ ९० जना भन्दा धेरैले सामुहिक रुपमा पार्टी प्रबेश गरेका थिए ।
कार्यक्रममा संयोजक डा. भट्टराईले नेपालको बिकासमा बिदेशिएका युवाहरुको महत्वोपुर्ण भुमिका रहने कुरा बताउनुभएको थियो । कोरियामा आर्जन गरिएको पैसा नेपालमा उपर्युक्त क्षेत्रमा लगानी गर्नको लागि आफ्नो पुर्ण सहयोग रहने बताउदै उहाले बर्तमान समयमा बिशेषगरि कृषि, पर्यटन तथा जलविद्युतमा लगानी गर्नु नै सबैभन्दा उपर्युक्त हुने कुरामा जोड दिनु भयो । हुण्डी, कामदारको समस्या लगायतका बिषयमा आफू चिन्तित रहेको जनाउदै उहाले यस्ता समस्या समाधान गर्न आफुले पहल गरिरहेको बताउनु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाका अध्यक्ष हेमन्त पुन को सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि नयाँ शक्ति नेपाल अन्तर्गत प्रवास प्रादेशीक समितिका संयोजक एबम सचिवालय सदस्य नवराज सुबेदिले बर्तमान समयमा समृद्धिको लागि एकमात्र बिकल्प नयाँ शक्ति पार्टी मात्रै भएको बताउनु भएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संयोजक एबम प्रवास प्रादेशिक समिती सदस्य बिनोद पौडेल, कोरियामा कृयाशिल विभिन्न राजनीतिक दलका भातृसंगठन, सामाजिक सङ्घ सस्थाहरु लगायतका ब्यक्तित्वहरुले आफ्नो धारणा राख्नु भएको थियो ।
नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिव एबम प्रवास प्रादेशिक समिती सदस्य पिटर कुमार श्रेष्ठ ले उक्त अवसरमा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत ९० जना भन्दा धेरै युवाहरु पुर्बप्रधानमन्त्री एबम नयाँ शक्ती पार्टीका संयोजक डा.बाबुराम भट्टराई को हातबाट पार्टी प्रबेश गरेको जानकारी दिनु भयो । सो अवसरमा विभिन्न संघ सस्थामा आबद्द सामाजिक ब्यक्तित्व हरु एन सि सि कोरियाका उपाध्यक्ष भुवन बस्नेत ,एन आर एन कोरिया बुसान शाखाका उपाध्यक्ष राजु पौडेल , थारु कल्याणकारी कोष दक्षिण कोरियाका अध्यक्ष पुस्प कुमार चौधरी , धादिङ समाज कोरियाका निबर्तमान अध्यक्ष रामशरण भट्ट,जिन्जु नेपाली समाजका अध्यक्ष नवीन पुडासैनी, नोक्सान नेपाली परिवारका सस्थापक अध्यक्ष युवराज तिवारी लगायतका सामाजिक ब्यक्तित्व सङ्गै स्वतन्त्र तथा विभिन्न पार्टी सम्बद्द अन्य उर्जाशिल युवाहरु समेत सामुहिक रुपमा पार्टी प्रबेश गरेको कुरा सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी प्रबेश सङ्गै बोल्दै एन सि सि उपाध्यक्ष बस्नेतले आफुहरु डा. भट्टराईको सरल जिवनशैली र भिजन बाट प्रभाबित भएको तथा नयाँ शक्तिले लिएको प्रत्यक्ष कार्यकारी प्रमुख प्रणालीको समर्थन गर्दै समृद्ध नेपाल निर्माणका खातिर नयाँ शक्ति पार्टीमा लागेको बताउनु भयो । संयोजक भट्टराईले कोरियामा नयाँ शक्ति प्रती युवाहरुको उत्साह देखेर निकै खुशी लागेको प्रतिक्रिया दिनु भयो । कोरियाबाट सचिव पीटर श्रेष्ठले पिपुल नेपाललाई जनाएका छन ।

नवप्रबेशी साथीहरूको नामावाली यसप्रकार छ –

भुवन बस्नेत
नवीन पुडासैनी
राजु पौडेल
युवराज तिवारी
पुस्पकुमार चौधरी
रामशरण भट्
बिज्ञान कुमाल
टीकाराम पोखरेल
अशोक विडारि
हरिशन्कर तिवारी
मनोज भण्डारी
नारायण श्रेष्ठ
ऋषिकान्त लम्साल
कृष्ण बिक
राजेन्द्र गौतम
पुस्पराज अर्याल
उज्ज्वल रुपाखेती
सन्दिप सुवेदी
यादबबाबू श्रेष्ठ
नरेभ मोक्तान
प्रेमसिङ्ह बिष्ट
इमानसिङ्ह घर्ती
हरिबहादुर राना
गोबिन्द भुजेल
प्रकाश केसि
अमृत सुनार
सुजन गौतम
धर्म घिनिरे
विशाल घिमिरे
दिपेश ढुंगाना
राजन कुवर क्षेत्रि
नरेन्द्र गौतम
दिपक अधिकारि
बिमल भण्डारी
बिमल देवकोटा
कमल भुजेल
रजिन धिताल
सम्भु घिमिरे
सुशील अङ्लावाङ
इश्वर भुजेल
रबिन लिम्बू
हरिहर पोखरेल
मीन ब. बिक
मदन
होम थापामगर
कृष्ण पोखरेल
पुर्ण कमर
गोबिन्द कमर
देबि गौतम
केहर थापा
दावा योन्जन
सुवास शर्मा
अर्जुन बिरही
भिश्मबिर छन्त्याल
कुमारी गुरुङ
मार्सियाल फागो
सुदर्शन पौडेल
युगल लिम्बू
जेरि थकाली
मिलन केसि
झमन बुढामगर
प्रकाश योङ्जन
रोशन कुवर
सुरेश रिजाल
रामप्रसाद भट्ट
दिपक अधिकारी
रमेश राज पोखरेल
राजन मगर
राजेन्द्र बिष्ट
तेज
दावा तामाङ
बाबुराम पराजुली
रबिन खरेल
सुजन गौतम
वसन्त शर्मा
राम थापा
द्वन्द गुरुङ
कुशल पोखरेल
सन्तोष पौडेल
रमेश अधिकारी
नरेश बिष्ट
जिवित राई
बिनोद राई
तारा पोखरेल
धन गुरुङ
किरात राई
सुरेन्द्र घिमिरे
कमल गुरुङ
प्रज्ञान कार्की
प्रमिला सिम्खडा
बिपिन लामिछने र
अर्जुन नेपाल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त