September 5, 2016

ज्ञानेन्द्रबहादुर कार्की कांग्रेस महामन्त्री बन्ने लगभग निश्चित

12552995_1543034326024856_7400611015676786032_n (1)२० भदाै, काठमाडौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी मनोनयनको गृह सुरु गरेका छन् । देउवाले छिट्टै उपसभापति, महामन्त्री र सहमहान्त्रीसहित केही सदस्यको मनोनयन गर्ने गृहकार्य गरेको स्रोतले जनाएको छ । देउवाले पदाधिकारीसहित कांग्रेसका ४१ विभागहरूको प्रमुखमा पनि मनोनयन गर्ने तयारी गरेका छन् । तयारी गरेपनि देउवाले रामचनद्र पौडेल समूहलाई भाग दिनुपर्ने भएकाले कसरी मिलाउने भनेर परामश गरेको बुझिएको छ ।

उपसभापतिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, नेताद्वय खुमबहादुर खड्का र गोपालमानसिंह श्रेष्ठ प्रमुख आकांक्षी देखिएका छन् । देउवाका विश्वासपात्र निधिले पनि उपसभापति दाबी गरेकाले उनले नै जिम्मेवारी पाउन सक्ने स्रोतको भनाइ छ ।

पदाधिकारी मानोनयका लागि देउवाले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । कांग्रेसको विधान अनुसार सभापतिले १ जना उपसभापति, १ जना महामन्त्री र १ जना सहमहामन्त्री मानोनित गर्न पाउनेछन् । विधानअनुसार ३ पादाधिकारी मानोनयन गर्ने तयारी भइरहेको देउवानिकट स्रोतको दाबी छ । स्रोतका अनुसार सभापति देउवाले केही दिनमै पदाधिकारी, प्रवक्ता र केन्द्रीय सदस्यसहित पार्टीका ४१ वटा विभाग प्रमुख मानोनित गरिसक्ने तयारी थालेका छन् । उपसभापतिमा खुमबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दाबी गरिरहेकाले देउवालाई केही अफ्टेरो परेको छ । खड्कालाई भन्दा निधीलाई उपसभापति बनाउने पक्षमा देउवा रहेको स्रोतले जानकारी दियो ।

खड्का र निधीबीच तीव्र टकराव रहेकाले तेस्रो व्यक्तिलाई उपसभापति बनाउने सम्भावना पनि उत्तिकै रहेको एक कांग्रेस नेता बताउँछन् । निधी पार्टीको नेतृत्व गर्दै सरकारमा गएकाले विवाद हुन नदिन देउवाले लामो समय आफ्नो समुहमा काम गरेका गोपालमान श्रेष्ठलाई उपसभापति बनाउने सम्भावना पनि उत्तिकै रहेको स्रोतको दाबी छ । उपसभापति मानोनित गर्दा पार्टीमा विवाद हुनसक्ने निचोड निकालेका देउवाले तत्काल उपसभापति छाडेर महामन्त्री र सहमहामन्त्री मात्रै पनि मनोनयन गर्न सक्नेछन् । महामन्त्रीमा ज्ञानेन्द्रको बलियो सम्भावना महामन्त्रीमा भने नेता ज्ञानेन्द्रबहादुर कार्कीको सम्भावना बलियो बनेको नेताहरुको दाबी छ ।

महामन्त्रीका आकांक्षी प्रकाशशरण महत र बालकृष्ण खाँण मन्त्री बनिसकेकाले कार्कीको सम्भावना बलियो भएको हो । कांग्रेसको राजनीतिमा क्रियाशिल भएदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईनिकट र त्यसपछि आफ्नो नजिकमा रहेका कार्कीलाई महामन्त्री बनाउनकै लागि देउवाले महत र खाँडलाई मन्त्री बनाएर उनलाई रोकेको देउवानिकट नेताहरुको दाबी छ । ‘महामन्त्रीका बलिया दावेदार पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की हुन् । यद्यपि खड्काको भन्दा कार्कीको सम्भावना बलियो छ ।

कार्की महामन्त्री बन्ने पक्कापक्की जस्तै छ,’ स्रोतले भन्यो । संविधान जारी भएपछि आफूखुसी सह–महामन्त्री पदबाट राजीनामा गरेका खड्कासँग देउवा असन्तुष्ट छन् । सह–महामन्त्रीमा रामचन्द्र पौडेल समूहले पनि दाबी गर्दै आएपनि देउवाले भने आफूनिकट नेतालाई मनोनित गर्ने तयारीमा छन् । ‘महामन्त्रीका बलिया दावेदार पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की हुन् । यद्यपि खड्काको भन्दा कार्कीको सम्भावना बलियो छ । कार्की महामन्त्री बन्ने पक्कापक्की जस्तै छ,’ स्रोतले भन्यो ।

देउवाले मानबहादुर विश्वकर्मालाई सह–महामन्त्री बनाउने तयारी थालेका छन् । स्रोतका अनुसार विश्वकर्माको सम्भावना बलियो भएपनि सन्तुलन मिलाउन अन्य समूहबाट जनजाति वा महिला पनि सह–महामन्त्री हुने सम्भावना पनि छ ।

 विधान अनुसार जेठको पहिलो साताभित्रै पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिका निवार्चित सदस्यहरुलाई बैठकबाट अनुमोदन गर्नुपर्ने थियो । सभापति देउवाले निर्वाचित सदस्यहरुमध्येबाट उपसभापति, महामन्त्री र सह–महामन्त्रीसहित महाधिवेशन प्रतिनिधिमध्येबाट बढीमा २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व