१८ भदौ, काठमाडौ । ताप्लेजुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएकाे छ । पहिराेले एकै परिवारका तीन जनाको मृत्यु भएकाे हाे । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्याएको छ ।
पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छोराहरु मनोज र ललित मगरको मृत्यु भएको हाे । घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । उद्धारमा खटिएको सुरक्षा निकायले उनीहरुको शव निकालेको छ ।
पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका ८ कि माइली लिम्बुनी बेपत्ता भएकी छिन् भने कान्छि लिम्बु घाइते छिन् । घाइतलाई बोकेर जिल्ला अस्पताल ल्याईदै गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
पहिरोले ताप्लेजुङ नगरपालीका ८ दोखुमा सबैभन्दा बडि घरमा क्षति पुर्याएको छ । सो स्थानमा मात्र २० भन्दा बढि घरमा पहिरोले क्षति पुर्याएको स्थानिय रुपनारायण भट्टराईले बताए । यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा १२ भन्दा बढि सदरमुकाम नजिकै कफिहाउस मा १० र हेलिप्याड नजिकै तीन घरमा क्षति पुगको प्रारम्भिक तथ्याङ्क आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा