September 3, 2016

ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ

download (1)१८ भदौ, काठमाडों । सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ गरेको छ । राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले ती दुई इन्जिनियरलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा रुपन्देहीको सौराहा फर्साटिकर–२ का २५ वर्षीय महेश गैरे र १ का २८ वर्षीय नवीनराज बास्तोला रहेका छन् । गैरे आईटी इन्जिनियर र बास्तोला सिभिल इन्जिनियर हुन् । बास्तोलाले योभन्दा अघि पनि एकपटक लागूऔषध ओसारपसार गरेका थिए । गैरे भने पहिलो पटकमै समातिएका हुन् ।

सिभिल इन्जिनियर बास्तोलाले फर्साटिकरमा आफ्नै रेष्टुरेण्ट छ । गैरे वर्डलिंक नेटवर्क प्रालिमा कार्यरत छन् । इन्जिनियरिङबाट कमाइ नभएपछि लागूऔषधको धन्दा सुरु गरेको उनीहरुको भनाइ छ । ‘इन्जिनियरिङ अध्यनन गरेर इन्जिनियर भएपनि नेपालमा राम्रो काम पाइएन र पैसाको प्रलोभनमा लागुऔषध ओसारपसारमा लागियो,’ उनीहरुको भनाइ छ ।

सीमावर्ती भारतीय बजार सुनौलीबाट झोलामा लागूऔषध ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाका प्रमुख डीएसपी शंकर खनालले बताए । डीएसपी खनालले उनीहरुका साथबाट ठूलो परिमाणमा नुफिन, फेनारगन, नाइट्राभेटलगायतका २ हजार सीसी लागूऔषध बरामद भएको र सोको मूल्य ६ लाख रुपैयाँ पर्ने बताए । यसका अलावा उनीहरुबाट नगद २३ हजार रुपैयाँ, ३ वटा मोबाइल, ल्यापटप र उनीहरुले प्रयोग गरेको लु१८प ९३८१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका युवाहरु आर्थिक प्रलोभनमा परेर त्यस्तो धन्दामा लागेको सशस्त्र प्रहरीले जनाएको छ । ती लागूऔषध विभिन्न स्थानमा पु-याएबापत ३० हजार रुपैयाँ पाउने प्रलोधनमा परेर आफूहरुले त्यसमा हात हालेको उनीहरुले वयान दिएका छन् । राजधानी दैनिकमा खबर छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा