अमेरिकामा चर्चित डाक्टर नेपाली

डाक्टर विनोद शाह न्युयोर्कका चर्चित नेपाली हुन् । २०१९ सालमा धनुषाको भुतही पटेर्वा गाविसमा बुबा असर्फी शाह र आमा रामसती देवी शाहका पाचौं छोराको रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएका डा. शाहका ५ दाजुभाई र २ जना दिदीबहिनीहरु रहेका छन् ।

गाउकै स्थानीय विद्यालयमा प्राथमिक स्तरको शिक्षा हासिल गरेपछि डाक्टर शाहले जनकपुरको सरस्वती हाइस्कुलमा माध्यामिक स्तरको शिक्षा हासिल गरे । त्यसपछि आरआर क्याम्पस जनकपुरमा आइएस्सी गरेपछि शाह बिएस्सीमा अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना भए । त्यती नै बेला उनले त्रिभुवन विश्वविद्यालयको जुलोजी ल्याबमा मासिक ५१३ रुपैया तलब लिएर ६ महिना काम समेत गरे ।

त्रिचन्द्रमा भर्ना भएको केही महिनापछि नै शाह एमबीबीएस अध्ययनका लागि बंगालादेश गए । बंगालादेशको ढाकामा एमबीबीएस अध्ययन पूरा गरिसकेपछि उनले २ वर्ष पोष्ट ग्रयाजुयट तालिम र अर्थोपेडिकमा तीनवर्षे डिप्लोमा समेत गरे । बंगालादेशमा अध्ययन गर्दा शाहले रेडियो बंगालादेशमा समाचार वाचनको काम समेत गरे । बंगालादेशको पढाइ सकेर शाहले जनकपुरमा फर्केर आफ्नै क्लिनिक खोले भने अञ्चल अस्पतालमा जागिर समेत खाए ।

युवा अवस्थादेखि नै सामाजिक कार्यमा र अरुलाई सहयोग गर्नमा रुची राख्ने डाक्टर शाहले बंगालादेशमा अध्ययनकै क्रममा पनि बाढीपीडितहरुलाई सहयोग गर्न पुग्थे । त्यो बाहेक बंगालादेशमा एमबीबीएस अध्ययनका लागि पुग्ने नेपाली विद्यार्थीहरुलाई पनि उनले सक्दो सहयोग गरे । बंगालादेशमा रहेका नेपाली विद्यार्थीहरुको संगठनमा पनि काम गरे उनले । अध्ययन सकेर जनकपुरमा फर्किसकेपछि पनि उनले निशुल्क स्वास्थ्य शिविर चलाउने गर्थे ।

युनिसेफबाट संचालित नगर मेडिकल क्लीनिकमा पनि उनले स्वयम्सेवकका रुपमा काम गरे । नेपालमा रहदा काम गरेको क्षण सम्झदै उनी भन्छन् –“सर्लाहीमा बाढी आउदा हामीलाई उद्धारका लागि हेलिकप्टरबाट एउटा बस्तीमा झारियो । सुरुमा हामी आत्तियौं, पछि बाढीपीडितहरुलाई सकेजति सहयोग गर्यौं । ”

जनकपुरमा काम गर्दैगर्दा उनी एउटा निजी तालिमका क्रममा अमेरिकाको बोस्टनमा आए । त्यसपछिका चारवर्ष उनले बोस्टनमा रिसर्चकै क्रममा बिताए । सन् १९९९ मा न्युयोर्क आएका डाक्टर शाहले रेसिडेन्सी तालिमको कोर्स पुरा गरे । जुन तालिमपछि उनले अमेरिकाको डाक्टरको मान्यता पाए । त्यसपछि उनले पीडाको व्यवस्थापनमा फेलोसीप गरे । फेलोसीप सकेपछि उनले एकवर्ष न्युयोर्कको एउटा क्लीनिकमा जागिर पनि खाए । त्यसपछि सन् २००४ मा उनले न्युयोर्ककै अल्बर्ट आइन्स्टाइन युनिभर्सिर्टीमा एसिस्टेन्ट प्रोफेसरको जागिर पाए । युनिभर्सिटीको एउटा विभागमा निर्देशकको जिम्मा समेत पाए उनले । युनिभर्सिर्टीमा काम गर्दा गर्दै उनले सन् २००८ मा न्युयोर्कको योंकर्समा आफ्नै मेडिकल स्थापना गरे ।

अमेरिकामा विभिन्न सामाजिक संस्थाका आबद्ध रहेर सामाजिक कार्यमा क्रियाशिल डाक्टर शाहले नेपालका विद्यालयहरुमा छात्रबृत्तिका लागि सहयोग गर्ने , गाउकै सरस्वती हाइस्कुलमा कम्प्युटर ल्याब बनाउन सहयोग गर्ने जस्ता काम गरे । त्यो बाहेक न्युयोर्कमा पनि सामाजिक कार्यमा उत्तिकै सकृय छन् उनी । एनआरएन संगठनका विभिन्न तहमा बसेर काम गरेको अनुभव छ उनीसँग । सामाजिक कार्यमा लाग्दा श्रीमतिको निकै सहयोग रहेको शाहको भनाई छ ।

हुन पनि सन् १९९८ मा विहारको दरभंगामा डाक्टर विनोद शाहले सुजाता शाहसंग परम्परागत विहे गरेपछिका वर्षहरुमा शाहको जीवनमा निकै ठूलो सफलता प्राप्त भएको छ । सुजाता पनि पेशाले डेन्टिस्ट हुन् । पेशा मिल्दोजुल्दो भएकाले पनि शाहलाई श्रीमतिको सहयोग लिन सजिलो भयो । श्रीमतिको सहयोगबाट उनले सामाजिक कार्यमा समय निकाल्न भ्याइरहेका छन् ।

छोरा प्रशन्न शाह र छोरी एलिशा राधिका शाहका पिता विनोद शाहले भविश्यमा नेपालमा गएर शिक्षा र स्वास्थयको क्षेत्रमा कृयाशिल हुने योजना बनाएका छन् । उनी भन्छन् –“मानवीयताको सम्मान नै सबैभन्दा ठूलो महानता हो । ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल

आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

१८ वैशाख,काठमाडौं। आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको

अस्ट्रेलियाले पनि टिकटकमा लगायो प्रतिबन्ध

२१ चैत,काठमाडौं । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका