१३ भदाै काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर भएको छ। भदौ १२ गतेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णय गरेको हो ।
नयाँ जिम्मेवारी अनुसार संयोजक डा. बाबुराम भट्टराईले समग्र पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व गर्दै संगठनात्मक गतिविधिको अनुगमन गर्नेछन् । त्यसैगरी तीन जना सहसंयोजकहरुलाई पार्टीको विभिन्न समितिहरु, केन्द्रीय विभाग, आयोग, संयन्त्र र प्रदेशहरुको अनुगमनको जिम्मेवारी तोकिएको छ ।
जस अन्तर्गत सहसंयोजक रामचन्द्र झालाई पार्टीको राजनीतिक संवाद समिति, संसदीय मामिला, प्रशिक्षण, अन्तर्राष्ट्रिय, संघीय मामिला तथा स्थानीय विकास विभाग, साँस्कृतिक, वन तथा वातावरण, कानून तथा मानवअधिकार विभाग, आंगिक संगठन तथा पेशागत संयन्त्रसहित दुई, तीन र छ नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
अर्का सहसंयोजक महेश कर्मोचालाई नीति अध्ययन तथा अनुसन्धान, सुरक्षा, युवा, कृषि तथा भूमि मामिला, पर्यटन, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकास, खेलकुद विभागका साथै सदाचार आयोग, उपत्यका सम्पर्क संयन्त्रसहित एक, चार नम्बर प्रदेश अनुगमनको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सहसंयोजक दुर्गा सोवलाई सचिवालय व्यवस्थापन तथा अनुगमन, महिला, उद्योग, वित्त, वाणिज्य विभाग, शहीद/वेपत्ता परिवार, घाइते/अपांग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन, श्रम, सहकारी तथा स्वरोजगार, स्वास्थ्य तथा योग साधना, सामाजिक संघसंस्था संयोजन, दलित, अल्पसंख्यक तथा समाजकल्याण शिक्षा तथा विज्ञान प्रविधि विभागसहित पाँच र सात नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५ चैत,काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेबाट बस्दैछ। आजको बैठकमा
१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज
१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको