August 28, 2016

अर्घाखाँचीमा जीप दुर्घटना ९ जना भन्दा वढिकाे मृत्यू

images (11)१२, अर्घाखाँची । १२ जाना यात्रु वोकेर हिडेको यात्रुबाहक जीप आइतबार दिउँसो दुर्घटना हुदा ९ जना भन्दा धेरैको मृत्यू भएको पाईएको छ । सदरमुकाम सन्धिखर्कबाट १२ जना यात्रु लिएर प्युठानको बादीकोटका लागि हिँडेको ग१ज ४८७८ नम्बरको जीप दुर्घटना हुदा ९ जना भन्दा धेरैको मृत्यू भएको स्थानीयबासीले बताएका हुन् ।

जीप सडकबाट करिब सात सय मिटर तल झरेर दुर्घटनाग्रस्त भएको हो । यो जीपका लागि सन्धिखर्क टिकट काउन्टरबाट १२ जनाले टिकट काटेको देउराली यातायात व्यवसायी समितीले जानकारी दिएको छ । सवा १ बजे सन्धिखर्कवाट व्युठानको बादीकोटका लागि छुटेको जीप करिब ३स्१५ बजे दुर्घटनामा परेको हो ।

हंसपुर–५ स्थित सडकबाट खसेको जीप हंसपुर–९ मा पुग्दा घटनास्थलमै धेरैको हताहती भएपनि मृतकको संख्या एकिन भइनसकेको स्थानीयबासी इन्द्र रेग्मीले जानकारी दिए । दुर्घटनास्थल नजिकै ठूलो भीर भएकाले उद्धारमा कठिनाई भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले भने यसको पुष्टि गरेको छैन । जीप दुर्घटनामा परेको खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालय सन्धिखर्कबाट एक प्रहरी टोली घटनास्थलतर्फ लागिसकेको छ ।

‘धेरैजनाको मृत्यु भएको छ । हामी शवहरु बटुलिरहेका छौं’, रेग्मीले भने, ‘शवहरु यत्रतत्र छरिएकाले मृतकहरुको संख्या गणना भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा