१२, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विदेशी खादा माथि प्रतिवन्ध लगाएको छ । राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया विदेशबाट आयात हुने खादामा खर्च हुने गरेको र खादाको प्रयोगले वातावरण प्रदुषित हुने भएकाे भन्दै मन्त्रालयले त्यस्तो प्रतिवन्ध लगाएकाे हो ।
आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमआदी विभिन्न ४० वटा निकायलाई परिपत्र गर्दै मन्त्रालयले आइन्दा स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न मन्त्रालयका सचिव प्रेमकुमार राईको निर्देशनमा निर्देशन दिएका हुन् । यदि खादा प्रयोग गर्नु परेको अवस्थामा नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न मन्त्रालयले भनेको छ ।
मन्त्रीको स्वागतका क्रममा पनि मन्त्रालयले विदेशी खादाको प्रयोग नगरी एउटा मात्र नेपाली ढाकाको खादा प्रयोग गरेको सहसचिव घनश्याम शर्माले वताए । ‘विदेशी खादा रोक्दा राज्य कोष बच्ने, नेपाली उत्पादनलाई प्रोत्साहित गर्ने, थोरै भएपनि व्यापार घाटा कम होस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको शर्माले वताए ।
मन्त्रालयले नेपालमा उत्पादन भएको खादामा सम्भवभएसम्म पर्यटन विकासलाई प्रवद्धन गर्ने भाषा र तस्विरको प्रयोग गर्न समेत निर्देशन दिएको छ । सरकारले कुनै निर्देशन नदिएपनि पर्यटन मन्त्रालयले भने आफ्नो मातहतका कार्यालय र निकायलाई निर्देशन पालना गर्न भन्दै त्यस्तो निर्देशन जारी गरेको हो ।
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा