August 27, 2016

जनताका समस्या समाधान नगरे बन्दुक उठाउने वैद्यकाे चेतावनी

११, बाँके । images (9)नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टीले बन्दुक उठाउन तयार रहेको बताएका छन् । जनताका समस्या राज्यले समाधान नगरेकोले राष्ट्रियता र जनजीविकाको लागि आफ्नो पार्टीले बन्दुक उठाउन तयार रहेको बताएका हुन ।  बाँकेको कोहलपुरमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई स्म्वोधन गर्दै अध्यक्ष वैद्यले यस्तो बताएका हुन ।

हिजो जनयुद्ध गर्दा पार्टीले उठाएको मुद्धा राज्यले अहिले सम्म सम्बोधन नगरेको भन्दै गरिव जनता अझै पनि गाँस,बाँस र कपासको समस्यामा रहेको बताउदै क्रान्तिकारीको नाममा सत्तामा गएकाले जनतालाई धोका दिएको र जनता राज्यको गलत नीति बिरुद्ध बन्दुक बोक्न फेरी पनि तयार रहेको वताए । संर्घष इच्छाले होईन,बाध्यताले सृजना गर्छ, जनतालाई फेरी बन्दुक उठाउन राज्यले बाध्य पारेको अध्यक्ष वैद्यले वताए ।

पार्टीले स्थानीय निकायको निर्वाचनमा आवश्यकता अनुसार उपयोग र वहिष्कार दुबै प्रयोग गर्ने नीति बनाएको जनाउदै उनले स्थानीय निकायको निर्वाचन गर्न सक्ने सम्भावना नदेखिएका बताए ।
पार्टीमा रहेको गुटगत अवसरवाद र दक्षिणपन्थी पखालिएर गएपछि पार्टी झनै बलियो भएको वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा