विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी

विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि हिंसाजन्य काम गर्नै सक्दैन । त्यसैले न्यायाधीश, वकिल र कर्मचारीहरूलाई यो अनिवार्य नै देखिन्छ ।

एक्काइसौं शताब्दीको व्यस्त जीवनमा हामी सबैलाई ध्यान अपरिहार्य हुन्छ । त्यसमा पनि कानुनको क्षेत्रमा आबद्ध सबैको लागि यो अत्यन्तै आवश्यक हुन्छ । हरेक मनुष्यको दिमागमा शान्ति, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी रहेसम्म देश विकासमा यसले टेवा नै पुर्‍याउने गर्दछ ।

सबै नागरिकले यसरी नै काम गरिदिने हो भने सबै क्षेत्रमा विकास हुने र नागरिक पलायन हुनु नपर्ने अवस्था आउन सक्छ । राज्यको एउटा अंग अदालतका माननीय न्यायाधीश, कर्मचारी तथा वकालत क्षेत्रमा कार्यरत विद्वान विदुषीहरू इमानदार मात्र भइदिने हो भने अदालतप्रतिको नागरिक श्रद्धा, विश्वास अक्षुण्ण रहने कुरामा दुईमत हुन सक्दैन ।

हाम्रो दैनिक जीवनमा अनेक मान्छेसँग भेटघाट, बोलीचाली हुँदा पनि मान्छे चिन्तामा रहेका हुन्छन् । साना-साना कुराले सताइरहेको देखिन्छ । मुद्दाका पक्षलाई समेत मिलापत्र गराउन समेत समस्या आउँछ । कसैले केही भन्यो भनेका कारण समेतले समस्या आउन सक्ने हुन्छ ।

स्वस्थ, इमानदार भएर यो जीवन बाँच्न अवश्य गाह्रो भए पनि असम्भव भने पक्कै छैन । यहाँ जोड्न खोजेको कुरा विपश्यनाको हो । विपश्यना यस्तो साधना हो जसले शान्ति मात्र प्रदान गर्दैन, हाम्रो जन्म-मरणको दुष्चक्रबाट बाहिर निकाल्दै दैनिक जीवनमा आइपर्ने घरायसी हुन् चाहे सामाजिक सबै समस्याको समाधान यसै साधनामा रहेको पाउँदछु ।

मैले विपश्यना साधनाको निरन्तर अभ्यास गरेको १२ वर्षभन्दा बढी भइसकेको छ । यो साधनाबाट मैले सबैभन्दा ठूलो कुरा मनुष्य जीवन पाएर आएपछि मुक्त हुन सकिन्छ भन्ने कुरा नै हो । मनुष्यको जीवन दुःखले भरिएको हुन्छ । मनलाई एक डोरोमा हाल्नको लागि निरन्तर अभ्यासको खाँचो पर्छ ।

विपश्यना साधनारत भएको हुनाले प्रत्येक पटकको साधनामा मैले आफूलाई नयाँ पाउँछु । नयाँको मतलब मेरो मनमा संगृहीत भएका संस्कारहरू थोरै भए पनि खाली हुने क्रममा रहेका हुन्छन् भने कतिपय खाली भई पुण्य आर्जनको काम हुन्छ । थोरै पुण्यले ठूलो खतराबाट जोगाउने सामथ्र्य राख्ने भएको कारण पनि अरूप्रति सद्भाव राख्ने, भलो चिताउने, अरूको कल्याणमा आफ्नो कल्याण देख्ने स्वभाव भएका जो–कोही जीवनमा दुःख पाउँदैनन् ।

यो साधना अत्यन्त पुरानो ध्यान शिक्षा हो । यसको निरन्तर अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त भई मनका हरेक गुण–दोषबाट मुक्त हुन सकिन्छ । विपश्यनाको अभिप्राय जुन वस्तु, स्थिति जस्तो छ त्यसलाई त्यही रूपमा जान्नु–बुझ्नु हो ।

पहिलो नम्बरमा हिंसा नगर्नु भन्ने पर्छ । विपश्यनाको निरन्तर अभ्यास गर्ने बानी भयो भने यो शील महत्वपूर्ण रहेको हुँदा ध्यानमा आफूलाई विकास गर्नको लागि अनिवार्य रूपमा यो शील पालना गर्ने भएपछि कसैले पनि हिंसाजन्य काम गर्नै सक्दैन । त्यसैले न्यायाधीश, वकिल, कर्मचारीहरूलाई यो अनिवार्य छ भन्ने उद्देश्य यस लेखको रहेको छ ।

दोस्रो हो चोरी नगर्नु । अर्काको सम्पत्ति खानको लागि, लिनको लागि वा अन्य कुनै व्यहोराले चोरीजन्य काम गरेर कुनै पनि लाभ-हानि गर्नु/गराउनुहुँदैन भन्ने हो । ध्यानमा आफूलाई विकास गर्न चाहनेले यो शील पनि कडाइका साथ पालना गर्ने भएपछि सबै न्यायपालिकामा सुधारको लागि कुनै आन्दोलन गरिरहनुपर्दैन ।

हाम्रो न्यायाधीश वकिलहरूलाई ध्यान केन्द्रमा लगेर ध्यानको अभिमुखीकरण सम्बन्धी पहिचान गराउनुको मुख्य उद्देश्य पनि उहाँहरू नियमित ध्यान भावना आचरण गरुन्, आफ्नो र आफ्नो ओहोदामा बस्दा जनतालाई गर्ने सेवामा दु्रत रूपमा सेवा प्रवाह गरी आफू र अरूलाई आनन्दित गरी आफू र आफ्नासँग जोडिएका सबैको कल्याण गरुन् भन्ने मात्र उद्देश्य हो ।

तेस्रो शीलमा व्यभिचार नगर्नु भन्ने रहेको छ । यो आफ्नो पति-पत्नीको सम्बन्ध बाहेक बाहिर शारीरिक सम्पर्क नगर्नु भन्ने कुरासँग सम्बन्धित भएपछि ध्यानमा विकास गर्न चाहनेले पनि आफ्नो लाभको लागि अनिवार्य पालना गर्न थाल्दछ । जसले गर्दा घर र बाहिरको वातावरण आफैं शुद्ध हुन थाल्छ ।

चौथोमा झुटो नबोल्नु रहेको छ । यो शीललाई पनि सबैले कडाइका साथ पालना गर्ने भएपछि कसैले झुटो बोल्दैन ।

पाँचौं शीलमा धुम्रपान, मद्यपान, लागूऔषध वर्जित गरिएको छ । यो शीलको कडाइका साथ पालना गर्दा समेत ठूलो कल्याण हुन्छ भन्ने अनुभवको आधारमा बुझेपछि कसैले पनि अरू तथा आफूलाई समेत हानि हुने काम गर्नै सक्दैन । त्यसैले यो साधना न्यायपालिकासँग जोडिएका हरकोहीलाई अत्यन्त अनिवार्य रहेको छ ।

यस साधनामा लाग्नेहरूलाई अर्को महत्वपूर्ण स्तर भनेको समाधिको हो । यो ध्यान भावना आचरण गर्ने जो-कोही आफूलाई सजगताको अवस्थामा राख्दछ ।

सजगता ऊ आफ्ना इन्द्रियप्रति र आफ्ना इन्द्रियले बाहिरी आवरण देखेका कारण कस्तो प्रतिक्रिया गरिरहेका छन् त्यसप्रति सजग हुन थाल्दछन् । हरक्षण आफैंसँग हुने यसै समाधिको माध्यमबाट ज्ञान जागृत हुन्छ । त्यही ज्ञानलाई प्रज्ञा भनिन्छ । रिसबाट पनि ज्ञान लिन सकियो । मायाप्रति सजग भएर पनि ज्ञान लिन सकियो ।

जब कुनै न्यायाधीश वा वकिल आफ्नो कर्मेन्द्रियप्रति सजग हुनथाल्छ त्यसपछि न्यायपालिका शुद्धीकरणको  अलग अभियान चलाइराख्नै पर्दैन । न्यायाधीश वकिलहरूलाई ध्यान केन्द्रमा लगेर ध्यानको अभिमुखीकरण सम्बन्धी पहिचान गराउनुको मुख्य उद्देश्य पनि उहाँहरू नियमित ध्यान भावना आचरण गरुन्, आफ्नो र आफ्नो ओहोदामा बस्दा जनतालाई गर्ने सेवामा दु्रत रूपमा सेवा प्रवाह गरी आफू र अरूलाई आनन्दित गरी आफू र आफ्नासँग जोडिएका सबैको कल्याण गरुन् भन्ने मात्र उद्देश्य हो ।

यसबाट धेरैले लाभ पनि लिइरहनुभएको कुरा हामीसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरूले अनुभव साटासाट गर्दा थाहा पाएका छौं । पहिलो चोटि बारले बैठकबाट निर्णय समेत पारित गरेर यस्तो आध्यात्मिक कार्यक्रममा सहभागी भएको सायदै होला ।

विपश्यनाबाट के लाभ हुन्छ भन्ने कुरा आफैंले गएर साधनामा बसेपछि मात्र थाहा हुन्छ । अतः न्यायपालिकाको शुद्धीकरण वास्तवमै चाहने हो भने विपश्यना ध्यान साधना अत्यन्तै लाभदायक र फलदायक छ । मेरो मात्र अनुभव नभई सयौं साधक-साधिकाको अनुभवले यो कुरा लेखिएको हो ।

त्यसको लागि कानुन मन्त्रालय तथा न्यायपालिकाको नेतृत्वले कर्मचारीको व्यवस्थापन समेत गरेर वृत्ति विकासमा समेत लागू हुने गरी एकदिवसीय ध्यान गराउन उत्प्रेरणा दिने खालको कार्यक्रमको विकास गरिनुपर्छ । यसबाट लाभ मात्र छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको